त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन
जानकारी केन्द्र
२०८१, फाल्गुन, २
काठमाडौं । त्रिशूली नदीमा मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन्। इच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुलबाट शुक्रबार बिहान बागमती प्रदेश ०६-०२प ९२०४ नम्बरको मोटरसाइकल त्रिशूली नदीमा खसेको सशस्त्र प्रहरीले जनाएको छ।
बिहान ११:४९ बजे मोटरसाइकल खसेपछि विपद् व्यवस्थापन तालिमा शिक्षालय करिनटारबाट ६ जनाको सशस्त्र प्रहरी गोताखोर टोली परिचालन गरिएको केन्द्रीय सह-प्रवक्ता शैलेन्द्र थापाले बताए। चितवन प्रहरीका अनुसार चालकको भारतीय सेनामा कार्यरत ‘गोर्खा राइफल म्यान’ रहेका छन्।
भीरमा प्रहरीले पर्स फेला पारेको थियो। फेला परेको कागजात अनुसार लमजुङ घर भएका २७ वर्षीय रोहित राना हुन्। उनी नारायणगढबाट काठमाडौं मोटरसाइकलमा आउँदै थिए।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

