• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ साउन २०८३, शनिबार
०२ साउन २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • २२ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • २ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • २ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • २ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • २ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • २ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • २ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

बीवाईडीको ‘डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम’ सार्वजनिक

जानकारी केन्द्र २०८१, फाल्गुन, ३

काठमाडौं । विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माता बी.वाई.डी ले आफ्नो मुख्यालय सेनझेनमा डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम (डिपाईलट सिस्टम) सार्वजनिक गरेको बताइएको छ। डिपाईलट ६००, डिपाईलट ३००, र डिपाईलट १०० सहितको यो सिस्टमले सबै ग्राहकहरूका लागि उच्चस्तरीय स्मार्ट ड्राइभिङ प्रविधिलाई सहज बनाउने बीवाईडीको प्रतिबद्धता रहेको छ । यसले सवारी उद्योगको प्रविधिगत रूपान्तरणलाई निकै तीव्र बनाउँने कम्पनीको दाबि रहेको छ ।

बीवाईडीले भने यो सुविधा आफ्ना सबै मोडलमा बिना कुनै अतिरिक्त शुल्क दिने जनाएको छ। सबैभन्दा कम मुल्यको मोडल सिगलमा समेत यो सुविधा उपलब्ध हुनेछ, जसको मूल्य ९,५५५ डलर रहेको छ। कम्पनीले नयाँ प्रविधिसँगै ग्राहकहरूलाई सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ। अहिलेसम्म, सेन्सर र क्यामेरा जस्ता उच्च प्रविधि भएका सेल्फ ड्राइभिङ सिस्टमहरू महँगा गाडीहरूमा मात्र उपलब्ध हुने गथ्र्यो, तर बीवाईडी ले अब यो परिवर्तन गर्दै यस्ता प्रविधि केवल महँगा गाडीहरूमा सीमित नराखी, सबैलाई सहज रूपमा उपलब्ध गराउने जनाइएको छ। बी.वाई.डी का सिईओ वाङ छुवान्फुले ले भन्नुभएको छ, ‘राम्रो प्रविधिमा सबैको पहुँचमा हुनु पर्छ। ’

डिपाईलट सिस्टम तीन भिन्न संस्करणहरूमा उपलब्ध रहेको छ। डिपाईलट ६०० मा तीनवटा लिडार छन्, जसलाई मुख्यतः याङवाङ मोडेलहरुमा प्रयोग गरिनेछ। डिपाईलट ३०० मा एउटा लिडार छ, जुन मुख्य रूपमा डेन्जा र केही बीवाईडी मोडेलहरूमा प्रयोग गरिनुका साथै डिपाईलट १०० मा तीनवटा क्यामेरा छन्, जुन बीवाईडीका विभिन्न मोडेलहरूमा प्रयोग गरिनेछ ।

विशेष गरी डिपाईलट १०० मा फ्रन्ट–फेसिङ तीन क्यामेरा ५ आर१२भी सेन्सिङ हार्डवेयर र एन्ड–टु–एन्ड कन्ट्रोल एल्गोरिदम समावेश छ, जसले प्रविधि, सेन्सर, एल्गोरिदम, र डेटा क्षेत्रमा ठूलो प्रगति देखाउँछ। यसले ग्राहकहरूलाई सबैभन्दा आवश्यक पर्ने सुविधाहरू प्रदान गर्ने जनाइएको छ । राजमार्ग र शहरी एक्सप्रेसवेहरूमा, हाई स्पिड नेभिगेसन अन अटोपाईलट (इचइनओए) प्रणालीले नेभिगेसन मार्ग पछ्याएर ¥याम्पबाट प्रवेश वा निकास गर्ने, लेन ठीक राख्ने, स्थिर गतिमा चल्ने, आफै लेन परिवर्तन गर्ने, र केही अवरोधहरू छलेर अगाडि बढ्ने जस्ता कामहरू पूरा गर्न सक्ने कम्पनीले बताएको छ।

अटोमेटेड भ्याले पार्किङ (एभीपी) प्रणालीले ड्रप–अफ र गो, गाडी लक गरेपछि आफै पार्क हुने जस्ता सुविधाहरू प्रदान गर्छ। यो प्रणाली प्रयोगकर्ताको पार्किङ बानीहरू र विभिन्न ड्राइभिङ परिस्थितिहरूअनुसार काम गर्न सक्छ, जसले पार्किङलाई अझ सहज बनाउँछ।

मेमोरी नेभिगेसन अन अटोपाईलट (एमएनओए) प्रणाली दैनिक यात्रा वा अफिस आउने–जाने जस्ता उच्च–प्रयोग मार्गहरूका लागि उपयुक्त छ । यसले ट्राफिक बत्तीमा आफै रोक्ने र अघि बढ्ने, जटिल मोडहरू पार गर्ने, स्वचालित ओभरटेक गर्ने, कुनै पनि परिस्थितिमा अवरोध छलेर अघि बढ्ने र लेन परिवर्तन गर्न सम्झौतासहित निर्णय गर्ने जस्ता सुविधाहरू प्रदान गर्छ । बीवाईडीले ग्राहकहरूलाई सबैभन्दा महत्वपूर्ण लाग्ने ड्राइभिङ परिस्थितिहरूमा केन्द्रित गर्दै सुरक्षा, आराम, र सहजता प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ, ताकि हरेक व्यक्तिले बीवाईडीको प्रविधिको फाइदा उठाउन सकून्।

डिपाइलट सिस्टमले ग्राहकहरूको सुरक्षा निकै बढाउन सक्ने विश्वास लिइएको छ । एचएनओए अन्तर्गत डिपाइलट १०० ले १ हजार किलोमिटरसम्म बिना कुनै म्यानुअल हस्तक्षेप स्वचालित रूपमा यात्रा गर्न सक्छ । यसको अटोमेटिक एमरजेन्सी बे्रकिङ्ग (एईबी) प्रणालीले १०० किमि प्रति घण्टासम्म गाडीलाई भरपर्दो रूपमा रोक्न सक्छ र भविष्यमा १२० किमि प्रति घण्टा र १४० किमि प्रति घण्टासम्मको गति सम्हाल्ने योजना छ । एभीपी प्रणालीको सफलता दर ९९ प्रतिशत रहेको छ, जसले आपतकालीन अवस्थाहरूमा छिटो निर्णय गरेर दुर्घटना हुनबाट बचाउन मद्दत गर्छ ।

५ हजारभन्दा बढी इन्जिनियरहरू यो क्षेत्रमा काम गरिरहेका छन् भने ४४ लाखभन्दा बढी गाडीहरूमा एल टु स्तरको एडीएएस प्रविधि जडान गरिएको छ । यस विशाल भेहिकल–क्लाउड डाटाबेसको सहयोगले बीवाईडी स्मार्ट ड्राइभिङ प्रविधिको विकास र व्यापक प्रयोगमा नेतृत्व गर्न सक्षम रहेको कम्पनीले जनाएको छ ।

विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माताको रूपमा, बीवाईडीले “सुखद जीवनका लागि प्रविधिगत नवप्रवर्तन“ लाई आफ्नो मूल सिद्धान्त बनाउनुका साथै डिपाईलट इन्टेलिजेन्स रणनीति मार्फत बीवाईडी, नयाँ ऊर्जा सवारीहरूको विकासलाई अगाडि बढाउँदै विश्वभरको अटोमोबाइल उद्योगलाई रूपान्तरण गर्न र सुरक्षित तथा दिगो यातायात समाधानहरू प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले बताएको छ।

 

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.