बारामा ट्रकको ठक्करबाट मोटरसाइकल यात्रीको निधन
जानकारी केन्द्र
२०८१, फाल्गुन, ५
बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित सडकमा आइतबार दिउँसो भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पथलैयाबाट वीरगंजतर्फ जाँदै गरेको ना ६ ख २८९५ नम्बरको ट्रकले ना ४० प ४१९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार जीतपुरसिमरा उपमहानगरपालिका १ निवासी ३० वर्षीय उदित नारायण झाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका झालाई उपचारका लागि एलएस न्यूरो अस्पताल, परवानीपुरमा लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
