एमएडब्लू अर्थमुभर्स प्रा.लि.ले नेपालमा जेसीबी, एन्एक्सटी सिरिजका मेकानिकल एक्साभेटरहरू सुरू गर्ने
काठमाडौं । एमएडब्लू अर्थमुभर्स प्रा.लि.ले जेसीबी इन्डियासँगको सहकार्यमा जेसीबी एन्एक्सटी सिरिजका नवीनतम एक्साभेटरहरू जेसीबी एन्एक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एन्एक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्साभेटरहरू सफलतापूर्वक लन्च गर्ने बताइएको छ। ललितपुरको झम्सिखेल स्थित द प्लाजामा आयोजना हुने भव्य लन्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरू सहित करिब ७०० जना सरोकारवालाहरूको सहभागिता रहने छ।
कार्यक्रममा मेसिनहरूको विशेष प्रस्तुतीकरण रहने छ भने उक्त प्रदर्शनी पश्चात् जेसीबी एक्साभेटर खरिद गर्ने ११ जना ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिने जनाइएको छ। कार्यक्रममा जेसीबी इन्डियाका सीईओ तथा एमडी श्री दीपक शेट्टी र एमएडब्लू अर्थमुभर्स प्रा.लि.का अध्यक्ष श्री विष्णु अग्रवालको विशेष सहभागिता रहने बताइएको छ।
“लिडर इन एक्साभेटर” भन्ने थिममा आधारित रहने शुभारम्भ कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारको लागि अति उपयुक्त र टिकाउ उत्खनन मेसिनरी उत्पादन गर्ने जेसीबीको प्रतिबद्धतामा प्रकाश पार्नेछ। जेसीबी एन्एक्सटी २२१ एलसी फ्युल मास्टरले उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन कार्यहरूमा प्रभावकारी कार्य गर्नेछ भने एन्एक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्साभेटरले उत्पदकत्त्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधाहरू प्रदान गर्नेछ। यस उत्पादन लाइनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत र शहरी विस्तार परियोजनाहरूमा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउन व्यापक सहयोग गर्ने कम्पनीले बताएको छ।
जेसीबी एन्एक्सटी शृङ्खलाको यो सुरुवात नेपालको निर्माण उद्योगलाई अत्याधुनिक मेसिनरी आपूर्ति गर्ने जेसीबीको समर्पणमा प्राप्त उपलब्धिको ताजा उदाहरणको रूपमा दरिने कम्पनीको दाबि रहेको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
