रौतहटमा डुबेर दुई बालिकाको मृत्यु
जानकारी केन्द्र
२०८१, फाल्गुन, ७
रौतहट । रौतहटमा खोलामा र बाल्टिनको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार फतुवा विजयपुर नगरपालिका-८ विजयपुर टोलकी दुई वर्षीया अलिसा खातुनको मंगलबार दिउँसो मृत्यु भएको छ।
घरको नजिकै रहेको अरूवा खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। डुबेर अशक्त भएकी उनको नेश्नल अस्पताल विजयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो।
यसैगरी रौतहट, माधव नारायण नगरपालिका-४ बिशुनपुर्वाकी १४ महिनाकी छोरी श्रृष्टि कुमारीको बाल्टिनको पानीमा डुबेर मंगलबार बेलुका मृत्यु भएको छ।
डुबेर अशक्त भएकी उनको हेल्थ ल्याण्ड अस्पताल गरूडामा उपचारको क्रममा मृत्यु भएको हो। दुबै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

