बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले प्राप्त गर्यो आएसओ प्रमाणपत्र
काठमाडौं । नेपालको पेन्ट र कोटिंग्स उद्योगको अग्रणी नाम बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले गुणस्तर व्यवस्थापनको लागि आएसओ ९००१:२०१५, वातावरणीय व्यवस्थापनको लागि आएसओ १४००१:२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि आएसओ ४५००१:२०१८ प्रमाणपत्र प्राप्त गरेको बताइएको छ।
TÜV NORD CERT GmbH द्वारा प्रमाणित यी प्रमाणपत्रहरूले उच्च-गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक सन्तुष्टि प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई उजागर गर्दछन् । यी प्रमाणपत्रहरूले देकोरेतिभ पेन्टहरू, वातर प्रूफिङ र कन्स्त्रकसन केमिकल र पुट्टीहरूको उत्पादन, भण्डारण, वितरण, बिक्री र आपूर्तिलाई समेट्दै अन्तर्राष्ट्रिय मापदण्डहरूप्रति कम्पनीको प्रतिबद्धतालाई सुदृढ गर्दछन् ।
बर्जर नेपालका कन्ट्री मेनेजरले भने, “हाम्रो गुणस्तर, दिगोपन र कार्यस्थलमा सुरक्षाप्रतिको प्रतिबद्धतालाई सुदृढ गर्ने यो उपलब्धिमा गर्व गर्दछौं । यी प्रमाणपत्रहरूले हामीले गर्ने व्यवसायका सबै क्षेत्रहरूमा उच्चतम मापदण्डहरू कायम राख्ने हाम्रा प्रयासहरूलाई प्रमाणित गर्दछन्।”
यी प्रमाणपत्रहरूसँगै बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले गुणस्तर, वातावरणीय जिम्मेवारी र समुदाय तथा कर्मचारीहरूको सुरक्षामा उत्कृष्टताको लागी समर्पित विश्वसनीय र अग्रणी उद्योगको रूपमा आफ्नो स्थितिलाई पुन: पुष्टि गर्न सफल भएको बताइएको छ ।
सम्बन्धित समाचार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

