श्रीलंकामा रेलको ठक्करबाट एकै ठाउँमा ६ हात्तिको मृत्यु
कोलम्बो । श्रीलंकाको हबराना क्षेत्रमा बिहीबार ठूलो दुर्घटना भएको छ ।
यात्रुवाहक रेल हात्तीको समूहसँग ठोक्किएको छ, जसका कारण ६ वटा हात्तीको मृत्यु भएको छ ।
श्रीलंकाका समाचार माध्यमका अनुसार घाइते २ हात्तीको उपचार भइरहेको छ । यो श्रीलंकामा अहिलेसम्मकै सबैभन्दा खराब रेल–हात्ती टक्करको घटना मानिएको छ ।
श्रीलंकामा रेल र हात्तीबीचको यस्तो दुर्घटना सामान्य भइसकेको छ । वन्यजन्तु संरक्षणसँग सम्बन्धित संस्थाका अनुसार हरेक वर्ष रेल दुर्घटनामा २० वटा हात्तीको मृत्यु हुने गरेको छ । यसबाहेक गत वर्ष मानव हात्ती द्वन्द्वमा १७० भन्दा बढी मानिस र ५ सय हात्तीको मृत्यु भएको जनाइएको थियो ।
वन फँडानी र प्राकृतिक स्रोतको अभावका कारण अहिले हात्तीहरू मानव क्षेत्रमा पस्न बाध्य भइरहेका छन् । जसका कारण उनीहरु रेलमार्ग, खेतबारी र गाउँ गाउँमा पसेर दुर्घटनाको शिकार बन्न थालेका छन् । रेल दुर्घटना बाहेक धेरै हात्तीहरू बिजुलीको करेन्ट, विषाक्त खाना र शिकारीको चोरी शिकारको पनि मारमा परिरहेका छन् ।
वन्यजन्तु विज्ञ र स्थानीय प्रशासनले रेल चालकहरूलाई जंगल र हात्तीको करिडोरबाट गुज्र्दा रेलको गति कम गर्न र हर्न बजाएर हात्तीलाई सचेत गराउन निरन्तर अपिल गरिरहेका छन् । तर, यो उपाय अझै पूर्णतया प्रभावकारी साबित हुन भने सकेको छैन् ।
हबरानामा यस्तो दुर्घटना भएको पहिलो घटना भने होइन । सन २०१८ मा एक गर्भवती हात्ती र तिनका दुई बच्चाहरू सोही क्षेत्रमा रेलको ठक्करबाट मारिएका थिए । यस्तै गत अगस्तमा पनि मिनेरिया क्षेत्रमा रेलले हात्तीको बथानलाई ठक्कर दिँदा २ हात्तीको मृत्यु भएको थियो भने एक हात्ति गम्भिर रूपमा घाइते भएको थियो ।
श्रीलंकामा हात्तीलाई विशेष कानुनी सुरक्षा छ। देशमा करिब ७ हजार जङ्गली हात्ती रहेको जनाइएको छ । जसलाई त्यहाँका बौद्ध समुदायले बिशेष पूजाअर्चना गर्छन् । श्रीलंकामा हात्ती मार्नु कानुनी अपराध हो, जेल सजाय वा भारी जरिवाना हुने गर्छ । तर, यति हुँदाहुँदै पनि मानव–हात्तीको द्वन्द्वका घटना बढ्दै गएको सरकार र वन्यजन्तु विज्ञहरूका लागि ठूलो चुनौती बनिरहेको छ ।
सम्बन्धित समाचार
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

