Jankari Kendra
२९ भाद्र २०८३, सोमबार
Worldlink

नेपाल प्रहरीले माग्यो थप १३ जना प्रहरी निरीक्षक र ६० सहायक निरीक्षक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, ९
नेपाल प्रहरीले माग्यो थप १३ जना प्रहरी निरीक्षक र ६० सहायक निरीक्षक

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा थप पद खुला गरेको छ। यसअघि मिति २०८१/०५/२८ गते प्रकाशित विज्ञापनमा तोकिएको संख्यामा संशोधन गर्दै थप माग गरिएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षकका लागि ६४ जनाको माग गरिएकोमा थप १३ पद थप गरी कुल ७७ जनाका लागि अवसर खुला गरिएको छ। त्यसैगरी, प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाको माग गरिएकोमा ६० जना थप गरी कुल ३१६ पद खुला गरिएको छ।

नेपाल प्रहरीले सूचना जारी गर्दै इच्छुक उम्मेदवारहरूलाई संशोधित सङ्ख्याअनुसार आवेदन दिन आग्रह गरेको छ। थप जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।

 

Top Changing Nepal

युट्युब सट्स