बिबिसीलाई भारतमा साढे पाँच करोड जरिवाना
काठमाडौँ । भारतको प्रवर्तन निर्देशनालय (इडी) ले विदेशी प्रत्यक्ष लगानी (एफडीआई) नियमहरू उल्लङ्घन गरेको आरोपमा बीबीसी वर्ल्ड सर्भिस इन्डियालाई ३.४४ करोड भारु अर्थात साढे ५ करोड रुपैयाँ जरिवाना गरेको छ । ईडीले बीबीसीका तीन निर्देशकहरूलाई १.१४ करोड रुपैयाँभन्दा बढी जरिवाना पनि लगाएको छ । यो आदेश भारतीय विदेशी विनिमय व्यवस्थापन ऐन अन्तर्गत दिइएको इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ ।
रिपोर्ट अनुसार बीबीसी वर्ल्ड सर्भिस इन्डिया सात प्रतिशत एफडीआई कम्पनी हो । बीबीसी डिजिटल समाचार माध्यम हो, तर कम्पनीले सत प्रतिशत एफडीआई कायम राखेको छ । जबकि २०१९ मा सरकारले जारी गरेको आदेश अन्तर्गत, डिजिटल मिडियामा एफडीआईको सीमा २६ प्रतिशतमा तोकिएको थियो, जसलाई कम्पनीले बेवास्ता गरेको थियो ।
ईडीले अगस्ट ४, २०२३ मा बीबीसी वर्ल्ड सर्भिस इन्डिया, यसका तीन निर्देशक र वित्त प्रमुखलाई कारण देखाउ सूचना जारी गरेको थियो ।
बीबीसी वर्ल्ड सर्भिस इन्डियालाई कुल ३ करोड ४४ लाख ४८ हजार ८५० रुपैयाँ जरिवाना गरिएको छ । यसबाहेक, कम्पनीले नियमहरूको पालना नगरेसम्म, फेमा १९९९ को प्रावधानहरूको उल्लङ्घन गरेकोमा अक्टोबर १५, २०२१ पछि प्रत्येक दिनको लागि पाँच हजार जरिवाना पनि लगाइएको छ ।
फेब्रुअरी २०२३ मा, आयकर विभागले बीबीसीको मुम्बई र दिल्ली कार्यालयहरूमा छापा मारेको थियो । बीबीसीमाथि अन्तर्राष्ट्रिय कर छलीको आरोप लागेको थियो ।
आयकर बिभागले दिल्लीको केजी मार्ग क्षेत्रमा रहेको एचटी टावरको पाँचौं र छैटौं तलामा रहेको बीबीसीको कार्यालय र मुम्बईको सान्ताक्रुज क्षेत्रमा रहेको बीबीसी स्टुडियोमा पनि छापा मारेको थियो ।
ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) वर्ल्ड सर्भिस टेलिभिजन बेलायती सरकारी निकाय हो । यसले ४० भाषाहरूमा समाचार प्रसारण गर्दछ । ब्रिटिश संसदले अनुदान मार्फत यसको लागि कोष जुटाउँछ । यो विदेश तथा राष्ट्रमण्डल कार्यालय मार्फत व्यवस्थित गरिन्छ । यो डिजिटल, संस्कृति, मिडिया र खेलकुद विभाग अन्तर्गत काम गर्दछ । बीबीसी सन् १९२७ मा शाही चार्टर अन्तर्गत सुरु भएको थियो ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
