यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०५ पैसा कायम गरिएको छ । आइतबार पनि यसको खरिदबिक्री सोही मूल्यमा भएको थियो।
सोमबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ८० पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ४३ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १५ पैसाले घटेको हो । यसअघि आइतबार एक युरो खरिदमूल्य १४४ रूपैयाँ ९५ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ५८ पैसा त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७४ रूपैयाँ ८८ पैसा र बिक्रीदर १७५ रूपैयाँ ६४ पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ०३ र बिक्रीदर ८८ रूपैयाँ ४१ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ३५ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७७ पैसा कायम गरिएको छ । उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ २७ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ३१ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०९ पैसा तथा बिक्री दर १९ रूपैयाँ १८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ७० पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ९८ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ १५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९२ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४७ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ७८ पैसा र बिक्रीदर ४५० रूपैयाँ ७३ पैसा र बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ २४ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ८३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

