काठमाडौं । ‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको निधन भएको छ । गौतमको ८१ वर्षको उमेरमा सोमबार मेडिसिटी अस्पतालमा निधन भएको छ । उहाँ मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो ।
पारिवारिक स्रोतका अनुसार उनको सोमबार साँझ उपचारका क्रममा निधन भएको हो । गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ ।
अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान गरे । गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए ।
त्यसअघि गौतमले ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोश’ पनि सार्वजनिक गरेका थिए ।