आजको विदेशी विनिमय दर,कुन मुद्रा कतिमा खरिद-बिक्री?
काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलरको भाउ सामान्य घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार एक अमेरिकी डललको खरिददर १३९ रूपैयाँ २३ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८३ पैसा कायम गरिएको छ । बिहिबार एक ओमरिकी डललको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसामा भएको थियो ।
शुक्रबार यूरोपियन युरो एकको खरिदमूल्य १४५ रूपैयाँ ८६ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ ४९ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २७ पैसाले घटेको हो । यसअघि बिहिबार एक युरो खरिदमूल्य १४६ रूपैयाँ १३ पैसा र बिक्रीमूल्य १४६ रूपैयाँ ७६ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७६ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रूपैयाँ २३ पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ७२ र बिक्रीदर ८८ रूपैयाँ १० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ११ पैसा र बिक्रीमा ९७ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ २९ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ३३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ १५ पैसा तथा बिक्री दर १९ रूपैयाँ २४ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ २० पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ३७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १२ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ २८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार ३१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४६ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ २८ पैसा र बिक्रीदर ४५३ रूपैयाँ २३ पैसा र बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ४१ पैसा र बिक्रीदर ३७१ रूपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
