• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ असार २०८३, बिहीबार
०४ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा एक लाख रुपैयाँसम्म छुट
  • ७ घण्टा 

अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै
  • ७ घण्टा 

टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक
  • ८ घण्टा 

पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय
  • ९ घण्टा 

ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी
  • १ दिन 

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन
  • १ दिन 

धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी
  • १ दिन 

मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात
  • १ दिन 

नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

  • २. विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर

  • ३. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • ४. राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

  • ५. संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य

  • ६. फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

  • ७. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ८. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ९. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

तोरणले जिते सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि

जानकारी केन्द्र २०८१, फाल्गुन, १६

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि तोरण विक्रम शाहीले जितेका छन् ।

५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित अत्यन्त रोमाञ्चक शैलीमा निरज तामाङलाई तोरणले एक स्ट्रोकले हराए । उनले १२ वर्षपछि घरेलु टुरमा उपाधि जितेका हुन्। यसअघि सन् २०१३ मा यही प्रतियोगिताको उपाधि जितेका थिए। उनले नगद १ लाख ५० हजार प्राप्त गरे । उनको करियरको यो तेस्रो उपाधि हो ।

च्याम्पियन तोरणले जतिकै ५-अन्डर ६७ स्कोर गरेका निरज समग्रमा १७-अन्डर २७१ सहित दोस्रो भए । उनले नगद १ लाख प्राप्त गरे ।

नेपाल नम्वर एक एमेच्योर गल्फर सदभाव आचार्यले आज दिनकै उत्कृष्ट ७-अन्डर ६५ को स्कोर निकाले । समग्रमा १३-अन्डर २७५ सहित तेस्रो भए । यो स्कोरमा उनले एमेच्योरतर्फको उपाधि जिते। उनले राहुललाई ९ स्ट्रोकले हराए ।

समग्रमा ३-अन्डर ६९ स्कोर गर्दै समग्रमा ५-अन्डर २८३ सहित सञ्जय लामा चौथो भए । प्रो तर्फ तेस्रो हुँदै उनले ७५ हजार प्राप्त गरे। एमेच्योर राहुल समग्रमा पाँचौं भए । राहुले आज २-ओभर ७४ स्कोर जोडे। समग्रमा ४-अन्डर २८४ को स्कोर निकाले । एमेच्योरतर्फ उनी दोस्रो भए ।

दिनेश प्रजापति समग्रमामा ३-अन्डर २८५ सहित छैटौं भए। उनले आज इभन-पार ७२ को स्कोर गरे । प्रो तर्फ चौथो भएका उनले ६३ हजार हात पारे । नेपाल नम्बर एक भुवन नगरकोटीले आज ३-ओभर ७५ खेल्दै समग्रमा १-अन्डर २८७ स्कोर गर्दै सातौं भए। प्रो तर्फ पाँचौं हुँदा ५३ हजार आफ्नो नाममा लेखाए ।

जयराम श्रेष्ठले आज बिर्सनलायक ८-ओभर ८० को स्कोर गर्दा समग्रमा ३-ओभर २९१ सहित समग्रमा आठौं भए। प्रो तर्फ उनी छैटौं हुँदा ४६ हजार नगर पुरस्कार प्राप्त गरे । टंक बहादुर कार्की समग्रमा ४-ओभर २९२ सहित नवौं भए। प्रोतर्फ सातौं हुँदै ४२ हाजर जिते। समग्रमा ८-ओभर २९६ स्कोर जोडेका रामे मगर र सूर्य प्रसाद शर्मा दशौं भए। उनीहरू प्रो तर्फ आठौं भएसँगै ३६ हजार ५ सय हात पारे ।

फाइनल दिनको खेल सुरूवात गर्दा तोरण निरज भन्दा एक स्ट्रोकले मात्र अगाडि थिए। जहाँ तोरणलाई निरजले कडा चुनौती दिए। फ्रन्ट नाइनमा तोरणले तेस्रो देखि पाँचौं होलमा लगातार तीन बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। निरजले चौथो र नवौं होलमा एक-एक सट बचाए। फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे। फ्रन्ट नाइनको समाप्तीमा तोरण २ स्ट्रोकले अघि बढे ।

यसपछि तोरणले १०औं होलमा एक सट बचाएसँगै उनले ३ स्ट्रोकको अग्रता बनाए। ११औं होलमा दुवैले बर्डी प्रहार गरे। यसपछि निरजले १४औं र १५औं होलमा लगातार दुई बर्डीको सफलतामा अग्रता एक स्ट्रोकमा झार्दै तोरणलाई दबाब दिए। तर लगतै १६औं होलमा बोगी हाने र फेरि २ स्ट्रोकले पछि परे। १७औं होलमा बर्डी प्रहार गर्दै पुन: अग्रतालाई १ स्ट्रोकमा झार्दै १८औं होललाई समेत रोमाञ्चक बनाए। अन्तिम होलमा दुवैले पार खेले र तोरण १ स्ट्रोकको जितमा १२ वर्षपछि च्याम्पियन बने ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इन्जुरी समयमा घानाले पारयो पनामालाई स्तब्ध, १-० को जीत
हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक
यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

ताजा

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा एक लाख रुपैयाँसम्म छुट

अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै

टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.