डिजल र मट्टीतेलको मुल्य घट्यो
काठमाडौँ । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मुल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ ।
शुक्रबार बसेको निगम संचालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ । निगमले भारतबाट आएको नयाँ मुल्य अनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर ०.९ रुपैयाँ घटेर आएको जानकारी दिएको छ ।
निगमले भनेको छ- ‘इण्डियन आयल कर्पोरेशनबाट आज २८ फेब्रुअरी २०२५ ( फागुन १६, २०८१) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ०.५० र प्रति सिलिण्डर एल. पि. ग्यास रु. ६.२७ ले बढेर तथा प्रति लिटर डिजेलमा रु. ०.९० र हवाई इन्धनमा रु. ०.४२ ले घटेर आएको छ । निगम सञ्चालक समितिको निर्णय बमोजिम १ मार्च, २०२५ (मिति २०८१/११/१७) को बिहान ००:०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल / मट्टितेलमा रु.१.०० ले घटाईएको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाकालागि ब्रेक इभन पोवाइन्टमा बिक्री मूल्य कायम गरिएको छ । साथै, पेट्रोल, आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौंको हवाई इन्धन र एल. पि. ग्यासको मूल्य हाललाई यथावत् राखिएको छ ।’

सम्बन्धित समाचार
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
ट्रेन्डिङ
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
