• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ जेठ २०८३, आइतबार
१७ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल
  • १३ घण्टा 

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका
  • १४ घण्टा 

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
  • १६ घण्टा 

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित
  • १७ घण्टा 

लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
  • १७ घण्टा 

साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?
  • १७ घण्टा 

एसियन गेम्स छनोटमा कुशल भुर्तेलको ऐतिहासिक कीर्तिमान
  • १९ घण्टा 

भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • २० घण्टा 

ट्रक दुर्घटना हुँदा चालकको निधन
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. आकर्षक डिजाइन र उत्कृष्ट पर्फमेन्ससहित शाओमीले सार्वजनकि गर्यो नयाँ ९.७ इन्चको ‘रेडमी प्याड २’

  • २. देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

  • ३. कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

  • ४. चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

  • ५. प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. अर्थतन्त्रको आकार ६६ खर्ब, प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान

  • ९. ट्रक दुर्घटना हुँदा चालकको निधन

  • १०. २०८३ जेठ १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाविच छलफल

जानकारी केन्द्र २०८१, फाल्गुन, १९

काठमाडौँ ।  मिति २०८१ फागुन १८ गते नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री शरतसिंह भण्डारीसंग सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको बताइएको छ । सो मन्त्रालयले यही २०८१ फागुन २६ र २७ गते राजधानीमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना गर्न लागेकोे र त्यसको पूर्व तयारीका सन्दर्भमा सो भेटवार्ता सम्पन्न भएको जनाइएको छ।

उक्त छलफलमा खाशगरी अटोमोवाइल क्षेत्रको तालिमका सम्बन्धमा सहकार्य गर्ने, आवश्यक जनशक्ति निर्माण गर्ने, अटोमोवाइल क्षेत्र वाहिरको सभावनाहरुको पहिचान गर्ने, तालिम केन्द्रहरु स्थापना गर्ने, अन्तर मन्त्रालयहरुविच सहकार्य गर्ने, सहमतीका लागि आन्तरिक र राष्ट्रियस्तरमा गरी दुई तहमा गर्ने जस्ता विभिन्न विषयहरुमा छलफल केन्द्रीत भएको बताइएको छ । सो मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्कर र सहसचिव दण्डुराज घिमिरेले समेत आफ्ना धारणा राख्नु भयो । भेटघाट तथा छलफलमा अटोमोटिभ स्किल डेवलपमेण्ट काउन्सिल (एयसडिसी) का कार्य समिति सदस्य रितुन्च गुप्ता र प्रमुख कार्यकारी अधिकृत अरिण्डम लाहिरीले समेत आफ्ना धारणाहरु राख्नु भयो ।

सो मन्त्रालयले उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने, आन्तरिक र बैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरुको विश्लेषणगरी आगामी नीतिगत र कानूनी परिमार्जनका लागि सुझाव लिने, श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर—तह÷अन्तर निकाय समन्वय र सहकार्य स्थापना गर्ने सो कार्यक्रमको प्रमुख उद्धेश्य राखेर सो सम्मेलन काठमाण्डौमा आयोजना गर्न लागेको सन्दर्भमा यो भेटघाट तथा छलफल भएको बताइएको छ ।

यसैगरी सो मन्त्रालयले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालसंग सहकार्य र समन्वय गर्नेछ र साथै सो रोजगार सम्मेलनमा नाडाको एउटा स्टल समेत रहने जनाइएको छ । उक्त भेटघाट तथा छलफलमा बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सहकोषध्यक्ष पंकज अग्रवाल केन्द्रिय कार्य समिति सदस्यद्धय कपिल शिवाकोटी, दिपेन्द्रकुमार मिश्रा, नवराज भुसाल, प्रकाश कपुरी, प्रदिपमान प्रधान, अभिक ज्योति, निलमणी पाठक, नविनकुमार पारख, नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा वाडाका अध्यक्ष दिपेन्द्र कोइराला समेतको उपस्थिति रहेको थियो ।

यसै सिलसिलामा आईतवार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले सो मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) बीच लागत साझेदारीमा अटोमोवाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा एउटा समझदारी पत्रमा हस्ताक्षर गर्ने विषयमा समेत विस्तृत रुपमा छलफल भएको बताइएको छ । सो कार्यका लागि अटोमोटिभ स्किल डेवलपमेण्ट काउन्सिल (एयसडिसी) ले नाडालाई आवश्यक सहयोग गर्नेछ ।

गत जनवरीको १७ देखि २२ सम्म भारतको नया दिल्लीमा सम्पन्न भारत मोविलिटी २०२५ को सन्दर्भमा नेपालमा दक्ष जनशक्ती तयार गर्न आवश्यक तालिम दिने विषयमा अटोमोटिम कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशन एसिएमए, एयसडिसि र एनएडिए विच त्रिपक्षिय चार बुंदे सझौता समेत सम्पन्न भएको कम्पनीले बताएको छ।

 

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लिपुलेक समस्या समाधानका लागि संवाद भइरहेको छ :  प्रधानमन्त्री बालेन
भन्सार दर वृद्धि गरेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरी चल्ने पूर्वानुमान

ताजा

२०८३ जेठ १६ गतेदेखि २२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल

के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका

एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न :  निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने

भुर्तेलको कीर्तिमानी शतकमा चीनमाथि नेपालको २२१ रनको शानदार जित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.