बीवाईडीले आफ्ना गाडीमा १० वर्षसम्मको वारेन्टी दिने
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै जाँदा बीवाईडीले आफ्ना ग्राहकहरूलाई थप सुविधा दिने निर्णय गरेको बताइएको छ। कम्पनीका आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडीका सम्पूर्ण ईभी मोडेलमा वारेन्टी अवधि बढाएको घोषणा गरिएको छ।
काठमाडौंमा फागुन १८ गतेसम्म चलेको ‘ बीवाईडी हाई–टेक विक २०२५’ का अवसरमा कम्पनीले यो नयाँ प्रस्ताव ल्याएको जनाइएको छ। यसअघि बीवाईडीले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर (जुन पहिला पूरा हुन्छ) वारेन्टी दिँदै आएको थियो भने अब यो अवधि बढाएर १० वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउने कम्पनीको दाबि रहेको छ ।
बीवाईडीका सफल मोडेलहरू एट्टो ३, डल्फिन, र एम६ मा विशेष रूपमा यो सुविधा दिइएको छ। साथै, बीवाईडीले हालै नयाँ अत्याधुनिक मोडेलहरू समेत सार्वजनिक गरेको बताइएको छ, जसमा याबवाब यु८, डेन्जा जेड९जीटी, र बीवाईडी शार्क ६ प्रमुख रहनुका साथै आधुनिक प्रविधि, उच्च सुरक्षास्तर र उत्कृष्ट पर्फमेन्सका लागि चिनिन्छन्।
ब्लेड ब्याट्री प्रविधिले बीवाईडीका गाडीहरूलाई थप सुरक्षित बनाउनुका साथै उच्च चार्जिब क्षमताका कारण चर्चित यो ब्याट्री ‘नेल पेनिट्रेसन टेस्ट’ मा समेत सफल देखिएको छ, जसले थप सुरक्षाको ग्यारेन्टी दिने कम्पनीले बताएको छ।
बीवाईडी हाई–टेक विक फागुन १८ गतेसम्म चलेको थियो, जसमा ग्राहकहरूले विभिन्न अफर तथा बीवाईडीको नयाँ प्रविधिबारे विस्तृत जानकारी लिनुका साथै, ग्राहकहरूले बीवाईडीका नयाँ मोडेलहरूको अनुभव लिने अवसर समेत पाएको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
