अभिनेत्री कियारा आडवाणी गर्भवती भएपछि छोडिन् डन-३
काठमाडौँ । बलिवुड अभिनेत्री कियारा आडवाणीले आफ्नो गर्भवती भएको घोषणा गरेर फ्यानहरूलाई खुसीको खबर दिएकी छिन् । तर, यसले फरहान अख्तर निर्देशित आगामी फिल्म डन-३ लाई भने असर पारेको छ । मिडिया रिपोर्टका अनुसार कियारा आडवाणीले परिवारको लागि फिल्मबाट ब्रेक लिने भएपछि उनले फिल्म डन-३ छोडेकी छिन् ।
कियाराले हाल टक्सिक र वार २ को छायांकन समेट्दै गरेको बताइएको छ । यसपछि, उनी आफ्नो परिवार र आफ्नो हुने बच्चाको लागि समय निकाल्न चाहन्छिन् । यसका लागि उनी फिल्मबाट ब्रेक लिनेछिन् । उनको निर्णयलाई डन- ३ का निर्माताहरूले सम्मान गरेको र अब यो फिल्मको लागि नयाँ अभिनेत्रीको खोजी सुरु भएको बताइएको छ ।
कियारा आडवाणीले हालै सामाजिक सञ्जालमा आफ्नो गर्भवती भएको घोषणा गरेकी थिइन् । उनले एउटा तस्वीर पोस्ट गर्दै, हाम्रो जीवनको सबैभन्दा सुन्दर उपहार आउन लागेको लेखेकी थिइन् ।
कियारा आडवाणी यस वर्ष रिलिज हुने फिल्म वार २ को छायांकन गरिरहेकी छिन् । यसबाहेक उनी केजीएफ स्टार यशसँग फिल्म टक्सिकमा देखिनेछिन् । यसबाहेक, उनीसँग दिनेश विजन निर्देशित हरर कमेडी शक्ति शालिनी पनि छ । रिपोर्टका अनुसार, कियाराले सुत्केरी बिदाबाट फर्केपछि शक्ति शालिनीको छायांकन सुरु गर्नेछिन् । धूम ४ मा रणवीर कपूरसँगै कियारालाई कास्ट गरिने खबर पनि आएको थियो।
फरहान अख्तर निर्देशित फिल्म डन- ३ को छायांकन २०२४ को अन्त्यसम्ममा सुरु हुने भनिएको थियो, यद्यपि यो स्थगित गरिएको थियो । अब कियाराले फिल्म छोडेपछि फिल्मको छायांकन फेरि स्थगित हुन सक्ने बताइएको । यस फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा छन् भने विक्रान्त मेस्सी नकारात्मक भूमिकामा देखिनेछन् । यसअघि दुवै कलाकारले २०१३ मा रिलिज भएको फिल्म लुटेरामा सँगै काम गरिसकेका छन् ।
डन फ्रान्चाइजीको पहिलो भागमा अमिताभ बच्चन डनको भूमिकामा देखिएका थिए । यो चलचित्र १२ मे १९७८ मा सिनेमाघरहरूमा रिलिज भएको थियो । जबकि, फिल्मको दोस्रो भाग २००६ मा रिलिज भएको थियो । फिल्ममा शाहरुख खानसँग प्रियंका चोपडा मुख्य भूमिकामा देखिएकी थिइन् । यस फिल्मको सिक्वेल डन-३ हो । यो फिल्मलाई फरहान अख्तरले निर्माण र निर्देशन गर्दैछन् ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

