• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ चैत २०८२, शनिबार
१४ चैत २०८२, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ६ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षा र हिमपात ?
  • ६ घण्टा 

कालिन्चोक हाइड्रोपावरको आईपीओ चैत २२ देखि खुला, सर्वसाधारणलाई कति ?
  • २० घण्टा 

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारमा उच्च अपेक्षा
  • २० घण्टा 

तपाईंका लागि सरप्राइजः स्क्यानमा लुकेका छन् लाखौँका प्राईज
  • २१ घण्टा 

२०८२ चैत १५ गते आइतबार, यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल
  • २२ घण्टा 

काठमाडौँ जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप,स्थिति तनावग्रस्त
  • २४ घण्टा 

२०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल
  • २ दिन 

प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत ०९ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ चैत १० गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. मंगलबार नेपाली बजारमा घट्यो सुनको मूल्य,चाँदिको मूल्य भने महँगियो

  • ४. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ६. नेपाल राष्ट्र बैँकले सार्वजनिक गर्यो २०८३ सालको बैँक बिदा र समय तालिका (तालिकासहित)

  • ७. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

  • ९. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • १०. नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन

नियामक निकायलाई प्रलोभनमा पारी मिल संचालन, प्रदूषणले स्थानीयलाई सास्ती

जानकारी केन्द्र २०८१, फाल्गुन, २४

सिरहा । सिरहामा नियामक निकायको फितलो निगरानी तथा अनुगमनका कारण राईस मिलको धुवाँ धुलोले स्थानियहरु आजित भएका छन्। जिल्लाको गोलवजार ४ स्थितको माँ धमिनी एग्रो राईस मिलको प्रदूषणले स्थानिहरुलाई सास्ती खेप्नु परेका हुन्।

धमिनी लघु उद्योग (चामल मिल)बाट निस्केको धुवाँ, धुलोे र कालो खरानीका कारण खाना पकाउन समेत समस्या भईरहेको स्थानीयहरु बताउछन्। उद्योगबाट निस्कने कालो धुवा र कणहरु भान्सा, ओछ्यान, खाना, लत्ताकपडा देखि घरभरी दैनिक रुपमा फैलिने गरेको उनीहरुको भनाई छ।

यसरी मिलबाट निस्किने धुवाँ र धुलो नियन्त्रणको लागि पछिल्लो एक दशक देखि उद्योगका सञ्चालक स्थानिय महेश साह (कोकवा) र सम्वन्धीत निकायलाई जानकारी गराएपनि यो समस्याको  ठोस निकास निकाल्न नसकेको स्थानिय सुमेश कुमार साहले जनाएको छ।

उनले भने, ‘हामी स्थानियहरुले पटक–पटक नगरपालिका, स्थानीय प्रहरी प्रशासन लगायत सरोकारवाला निकायलाई जानकारी गराउँदा पनि वास्ता गरेनन्। उनले थपे, ‘राइस मिलबाट निस्केको कालो कणहरु र धुवाँ, धुलोका कारण म लगायत घरको बच्चाहरुलाई समेत आँखामा समेत समस्या भएर करिव हजारौ रुपैया खिर्चिसकेको छु। हामी स्थानियहरुले कुनै निकाय बाँकी राखेका छैनौ। ीनयमनकारी सिनकायले चाडै नै हाम्रो समस्या समाधान गरौस्।

यस्तै अवस्था रहिरहे हामीले बाध्य भएर अव मिलमै ताला लगाउने तयारीमा रहेको स्थानिय अताबुल रहमानले जनाए। उनले भने, ‘हामीले जानेको, चिनेको सवै निकायलाई हाम्रो दुःख सुनायौं, नियन्त्रण गर्न÷गराईदिन अनुरोध गर्यौं। कसैबाट कुनै ठोस पहल भएन। यस्तै अवस्था रहिरहे हामी मिलको गटमै ताला लाउने छौं।’

‘चामल मिलमा बाल्ने भुसका कालो मसिनो धुलो र कालो धुँवाले हामीलाई घरमै बसी नसक्ने अवस्था बनायो। छतमा सुकाएको लुगामा कालो धुलो टाँसीने, खानामा पर्ने, ओछ्यानमा कालो धुलो टाँसिएर दिनहुँ फोहर हुने गरेको छ; स्थानीय सोभित कुमार साहले भने, ‘यतिमात्र हैन बारीमा लगाएको साग सब्जीमासमेत कालो धुलो टाँसिएर हेरी नसक्नुको भएको छ। नियन्त्रणको लागि मिलका सञ्चालक महेश साहलाई पटक पटक अनुरोध गर्यौं, विभिन्न बहाना बनाएर टार्दै आएको छ।’

धुलोका कारण बस्न नसक्ने भएपछि घर, जग्गा जमीन नै बेच्ने सम्म हुन थालेको स्थानीयहरु बताउँछन्। धुलो र धुवाँले बस्न नै नसकीने अवस्था आएपछि मिल नजिकै घरभएका मो. इम्तियाज खान घर बेचेर ठाउँ सरेको उनका छिमेकी मो. जाहिर खानले बताए। उनले भने, ‘छत वडहार्नु पर्छ, बरण्डा, भरभित्र खरानी पसेर वस्न नसक्ने अवस्था हुन्छ। दिनहुँ घर, बरन्डा पानीले पखाल्नु पर्छ। हामीलाई यहाँ बस्न गाह्रो भईसकेको छ।’

मिल संचालक महेश साह (कोकवा) लाई तपाईको मिलबाट निस्केको कालो कणका कारण स्थानियहरुलाई स्वास्थ्यमा समेत आसर पर्ने गरेको छ। तपाईले प्रदुषण नियन्त्रण गर्न के कती प्रकृयाहरु अपनाउनु भएको छ? भनी जिज्ञासा राख्दाँ उनले भने, ‘यो क्षेत्रमा पहिले घर थिएन्। त्यासैले त्यतीकै पनि चलाईरहेको थियो। मिलवाट निस्केको धुलोले वास्तवमा स्थानियहरुलाई समस्या झेल्नुपरेको छ। म धुलो व्यवस्थीत गर्न आवश्यक प्रकृया अगाडी बढाई सकेको बताए।’

गोलबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सरोज कर्णले लामो समयसम्म कालो धुँवाको सम्पर्कमा रहँदा मानिसमात्र हैन पशुमा पनि कुप्रभाव पर्ने बताए। धुलो धुवाँका कारण स्वाँसप्रस्वास सम्वन्धि विभिन्न रोग लाग्नुको साथै, आँखा र छालामा पनि समस्या आउने बताए। स्वास्थ्य प्रमुख कर्णले थपे लामो समयसम्म यसको सम्पर्कमा रह्योभने क्यान्सर सम्म हुन सक्छ।

सन्तोष, सोभित, सुमेश, जाहिरमात्र हैन यहाँका करिव दुई सयभन्दा बढी घरपरीवारले यहि समस्या झेलिरहेका छन्। राईस मिल संचालक महेश साहले नियामक निकायलाई आर्थिक प्रभाव र राजनितिक दवावमा राखेर निर्वाध रुपमा २४ सौ घण्टा मिल चलाउने गरेको स्थानीयहरु बताउँछन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षा र हिमपात ?
कालिन्चोक हाइड्रोपावरको आईपीओ चैत २२ देखि खुला, सर्वसाधारणलाई कति ?

ताजा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षा र हिमपात ?

कालिन्चोक हाइड्रोपावरको आईपीओ चैत २२ देखि खुला, सर्वसाधारणलाई कति ?

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारमा उच्च अपेक्षा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.