लुयान नेपालको होली अफर, नगद छुट र एक्सेसरिज फ्रि
काठमाडौँ । इलेक्ट्रिक स्कुटरको बजारमा ख्यातिप्राप्त लुयान नेपालले होलीको अवसरमा विशेष अफर सँचालन गरेको छ । लुयान तथा इकुटरका कुनै पनि स्कुटर खरिद गर्ने ग्राहकले नगद रु. १५ हजार छुटका साथै हेलमेट, बाइक कभर तथा होली टिसर्ट निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
हाल कम्पनीसँग रु. १ लाख ५० हजार देखि २ लाख ७० हजारसम्मका विभिन्न इलेक्ट्रिक स्कुटर रहेका छन् । जसमध्ये सबैभन्दा परिचित र बढी बिक्रि हुने MNK3 मोडेलको स्कुटर रहेको बताइएको छ । जसको मुल्य जम्मा १ लाख ९२ हजार ६ सय मात्र छ । त्यसमा पनि अहिलेको अफरमा किन्दा जम्मा १ लाख ७७ हजार ६ सयमा पाउन सकिन्छ ।
त्यसैगरी कम्पनीसँग रु. २ लाख १५ हजार १ सयमा लुयानको S90, २ लाख २५ हजारमा इकुटरको E3, २ लाख ९ हजार ७ सयमा विँगर लगायतका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । कम्पनीसँग जम्मा १ लाख ५० हजार पर्ने काइसाइ ब्राण्डको स्कुटर पनि रहेको जनाइएको छ ।
कम्पनीले लिथियम आयन र ग्राफिनी दुबै बेट्रि अप्सनमा स्कुटरहरु उपलब्ध गराएको बताएको छ ।
सामान्यतयाः नेपाली बजारमा भएका अन्य इलेक्ट्रिक स्कुटरहरुको तुलनामा समान गुणस्तर र कन्फिगुरेसनमा हेर्दा लुयानका स्कुटर धेरै नै सस्तो रहेको कम्पनीका सेल्स हेड शंकर शर्माले बताए । त्यसका साथसाथै स्पेयर पार्ट्सको पनि मुल्य कम भएको उनको दाबी छ ।
कुनै पनि सवारीसाधनको बिक्रि भन्दा पनि बिक्रिपछिको सेवा महत्वपुर्ण हुने भन्दै सेल्स हेड शर्माले त्यसका लागि कम्पनीको काठमाण्डौं उपत्यका भित्र मात्रै १५ वटा सर्भिस सेन्टर सँचालनमा रहेको जानकारी दिए ।
लुयान तथा इकुटर ब्राण्डका इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक सोल डिस्ट्रिव्यटर जीरो इमिसन राइड एन रहेको छ । जसले नेपाली बजारमा विगत ६ बर्ष देखि इलेक्ट्रिक स्कुटरको कारोबार गरिरहेको छ ।
सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय