Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

भारतको मुम्बईमा पानीको ट्याङ्की सफा गर्दा निसास्सिएर चार जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, २५
भारतको मुम्बईमा पानीको ट्याङ्की सफा गर्दा निसास्सिएर चार जनाको मृत्यु

काठमाडौँ । भारतको मुम्बईको नागपाडा क्षेत्रमा आइतबार निसास्सिएर चार मजदुरको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार निर्माणाधीन भवनमा पानी ट्याङ्की सफा गर्ने क्रममा कामदारहरूको मृत्यु भएको हो ।

निसास्सिएर घाइते भएका ५ जनामध्ये ४ जनालाई अस्पतालमा मृत अवस्थामा ल्याइएको थियो भने एक जना मजदुरको उपचार भइरहेको छ । मृत्यु हुनेमा १९ वर्षीय हसिपाल शेख, २० वर्षीय राजा शेख, ३६ वर्षीय जियाउल्लाह शेख र ३१ वर्षीय फुरहान शेख रहेका छन् ।

बृहन्मुम्बई महानगरपालिका (बीएमसी) का अधिकारीहरूका अनुसार घटना दिउँसो १२:३० बजेतिर गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै भएको थियो।

Top Changing Nepal

युट्युब सट्स