परालको घुरले सप्तरीमा तीन घर जले, लाखौं क्षति
सप्तरी । सप्तरीमा आइतबार राति तीन घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ।
तिलाठी कोइलाठी गाउँपालिका-३ का नयनी यादव, कोकर्ण मुखिया र लखन मुखियाको घरमा राति ९ बजे आगलागी भएको हो। नयनी यादवको घरनजिकै बालेको परालको घुरबाट तीन घरमा आगो फैलिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाको दमकलले एक घन्टापछि आगो नियन्त्रणमा लिएको थियो। आगलागीबाट नयनीको घर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात, दुई तोला सुन, चाँदी एक किलो र दुई वटा बाख्रा जल्दा ११ लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
यस्तै, गोकर्णको घरमा आगलागी हुँदा २० लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। लखन मुखियाको घरमा आगलागी हुँदा दुई लाख दुई हजार रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीपीडितलाई जिल्ला दैवी प्रकोप व्यवस्थापनबाट तत्कालका लागि राहतस्वरुप खाद्यान्न, लत्ताकपडा वितरण गरिएको छ।
सम्बन्धित समाचार
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

