परालको घुरले सप्तरीमा तीन घर जले, लाखौं क्षति
सप्तरी । सप्तरीमा आइतबार राति तीन घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ।
तिलाठी कोइलाठी गाउँपालिका-३ का नयनी यादव, कोकर्ण मुखिया र लखन मुखियाको घरमा राति ९ बजे आगलागी भएको हो। नयनी यादवको घरनजिकै बालेको परालको घुरबाट तीन घरमा आगो फैलिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाको दमकलले एक घन्टापछि आगो नियन्त्रणमा लिएको थियो। आगलागीबाट नयनीको घर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात, दुई तोला सुन, चाँदी एक किलो र दुई वटा बाख्रा जल्दा ११ लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
यस्तै, गोकर्णको घरमा आगलागी हुँदा २० लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। लखन मुखियाको घरमा आगलागी हुँदा दुई लाख दुई हजार रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीपीडितलाई जिल्ला दैवी प्रकोप व्यवस्थापनबाट तत्कालका लागि राहतस्वरुप खाद्यान्न, लत्ताकपडा वितरण गरिएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
