• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ साउन २०८३, बुधबार
०६ साउन २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा
  • १८ घण्टा 

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
  • १९ घण्टा 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
  • १९ घण्टा 

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
  • २२ घण्टा 

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
  • २२ घण्टा 

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति
  • २२ घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • २४ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • २. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ३. नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

  • ४. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ६. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

  • ७. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ८. टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

  • ९. २०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

आमिर खानकी नयाँ प्रेमिका गौरी को हुन् ?

जानकारी केन्द्र २०८१, चैत्र, १

काठमाडौँ । बलिउडका चर्चित अभिनेता आमिर खानले यस हप्ता ६० वर्ष पूरा गरेका छन् । आफ्नो जन्मदिन मनाउन आयोजित एक पार्टीमा उनले आफू फेरी प्रेममा परेको खुलासा गरेर चर्चामा रहेका छन् ।

आमिर खानले बिहीबार आफ्नो जन्मदिनको अवसरमा पत्रकार सम्मेलनमा आफ्नो जीवन र फिल्म उद्योगको यात्राको बारेमा कुरा गरिरहेका थिए । यस क्रममा उनले आफ्नी नयाँ प्रेमिकाको बारेमा खुलासा गरे । बैंगलोरकी गौरी प्रेटसँग आफु १८ महिनादेखि साथमा रहेको बताए ।

प्रश्नको जवाफ दिदै ६० बर्षिय अभिनेता आमिरले भने- ‘सम्बन्धहरू मेरो लागि धेरै महत्त्वपूर्ण छन् ।’

आमिर खानले यसअघि दुई पटक विवाह गरिसकेका छन्। उनले आफ्नी पहिलो श्रीमती रीना दत्तासँग सम्बन्ध विच्छेद गरेपछि किरण रावसँग विवाह गरेका थिए । उनले २०२१ मा किरण रावसँग सम्बन्ध विच्छेद गरेका थिए । उनी र रीना दत्त २००२ मा अलग भएका थिए । यस विवाहबाट उनका दुई सन्तान छन् । २००५ मा, उनले फिल्म निर्माता तथा निर्देशक किरण रावसँग विवाह गरेका थिए । दुवै २०२१ मा अलग भए । यस विवाहबाट उनको एक छोरा छ ।

तर, आमिर भन्छन्, अलग भएपछि पनि दुवै श्रीमतीसँग उनको राम्रो मित्रता छ र दुवैले आफ्नो छोरालाई सँगै हुर्काइरहेका छन् । डिभोर्सपछि किरणसँग मिलेर आमिरले फिल्म ‘लपता लेडीज’ मा पनि सँगै काम गरेका थिए ।

पत्रकार सम्मेलनमा आमिर खानले गौरी प्रटलाई परिचय गराउनुअघि आफ्नो पुरानो फिल्म ‘लगान’ सम्झिए र भने, ‘भुवनले आफ्नी गौरी भेट्टाइसकेका छन् ।’

२००१ को फिल्म ‘लगान’ मा आमिर खान र ग्रेसी सिंहले मुख्य भूमिका निर्वाह गरेका थिए । फिल्ममा आमिरको पात्रको नाम भुवन थियो भने ग्रेसीको पात्रको नाम गौरी थियो। पत्रकार सम्मेलनमा आमिर खानले ‘राजाको रानी से प्यार हो गया’ गीत पनि गाए र गौरीको बारेमा थप जानकारी दिएका थिए ।

उनले सञ्चारकर्मीहरूलाई भने, ‘मलाई लाग्छ तपाईंहरूले उनलाई राम्रो अवसरमा भेट्नुहुनेछ र हामी पनि यो कुरा गोप्य राख्न चाहँदैनौं । मैले सलमान खान र शाहरुख खानसँग उनको भेटघाट गराइसकेको छु ।’ आफ्नी प्रेमिकाको बारेमा थप जानकारी दिँदै आमिर खानले भने, ‘उनी बैंगलोरकी हुन् । वास्तवमा, हामी दुवैले एकअर्कालाई २५ वर्षदेखि चिन्छौं । तर हामी डेढ वर्षअघि मात्र भेटेका थियौं ।’ उनले अगाडी भने- ‘उनी कुनै कामको लागि मुम्बईमा थिइन् र हाम्रो अचानक भेट भयो । त्यसबेलादेखि, हामी एकअर्कासँग सम्पर्कमा रह्यौं र सबै कुरा त्यस्तै भयो, जस्तो प्रेममा परेपछि हुन्छ ।’

टाइम्स अफ इन्डियामा प्रकाशित एक रिपोर्ट अनुसार, गौरी रीता प्रेटकी छोरी हुन् र उनकी आमाको बेंगलुरुमा एउटा सैलुन छ । उनले आफ्नो सम्पूर्ण जीवन सोहि शहरमा बिताएका छन् ।

आमिर खानले भने, ‘म भाग्यमानी छु कि म बलियो सम्बन्धमा छु । रीनासँग मेरो सम्बन्ध लगभग १६ वर्षसम्म रह्यो । यसपछि, मैले किरणसँग १६ वर्ष बिताएँ र एक तरिकाले हामी अझै पनि सँगै छौं । मैले जीवनमा धेरै कुरा सिकेको छु । म गौरीसँग शान्ति महसुस गर्छु ।’

गौरीको बारेमा थप जानकारी दिँदै उनले भने- उनको छ वर्षको छोरा छ, जो बुद्धिमान छ र उनलाई भेटेर खुसी छ ।

डेक्कन हेराल्डको एक रिपोर्ट अनुसार, आमिर खानको परिवारले उनलाई खुला हातले स्वागत गरेको गौरीले बताएकी छन् ।

आमिरले भने, ‘गौरी अहिले मेरो प्रोडक्सन हाउसमा काम गर्छिन् ।’ विवाहको प्रश्नमा आमिर खानले भने, ‘मलाई थाहा छैन, साठी वर्षको उमेरमा विवाह मलाई सुहाउँछ कि सुहाउँदैन । तर मेरा छोराछोरी खुसी छन् र म धेरै भाग्यमानी छु कि मेरा पूर्व पत्नीहरूसँग मेरो राम्रो सम्बन्ध छ ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव

ताजा

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.