• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ साउन २०८३, बुधबार
०६ साउन २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा
  • १८ घण्टा 

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना
  • १९ घण्टा 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
  • १९ घण्टा 

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
  • २२ घण्टा 

राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
  • २२ घण्टा 

प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग सकारात्मक सहमति
  • २२ घण्टा 

सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
  • २४ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

  • २. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ३. नागरिक एपमार्फत अनलाइन बैंकिङ सेवा सहज बनाउन एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सम्झौता

  • ४. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ६. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

  • ७. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ८. टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

  • ९. २०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

समुद्री चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै नाच्यो ब्रिसबेन

जानकारी केन्द्र २०८१, चैत्र, १

ब्रिसबेन (अस्ट्रेलिया)।  गएको साता मात्र चक्रवात (समुद्री आँधी) ‘अलफ्रेड’ले प्रभावित अस्ट्रेलियाली राज्य क्विन्सल्याण्ड राम्रोसँग तंग्रिन सकेको छैन। राजधानी ब्रिसबेनमा शुक्रबार आयोजित नेपथ्य कन्सर्टमा भने त्यसको कुनै छनक देखिएन। चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै झुमे दर्शक।

क्यानबेरा र पर्थका दर्शकसँग रमाइलो क्षण बाँडेपछि नेपथ्य ब्यान्ड अस्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिसबेन आइपुगेको थियो। यहाँस्थित टिभोली हलमा नेपथ्यको प्रस्तुति अघिल्ला सहरहरूमा जत्तिकै भव्य रुपमा सम्पन्न भएको छ।

चक्रवातको बेला तीन दिनसम्म सहरका अधिकांश भागमा बिजुली बत्ती गएको थियो। आसन्न संकटलाई लिएर बाल्टिनमा पानी थापेर जोहो गरेको जस्ता अनुभव स्थानीय नेपालीले सुनाइरहेका थिए। अरु बेला जताततै निलो पानी बग्ने सहरमा अझैसम्म पहेँलो रङ छाएको छ भने नदीहरुमा रुखका मुढा बगिरहेका देखिन्छन्। सिटी काउन्सिलले मंगलबारदेखि मात्र सार्वजनिक स्थल क्रमशः खुला गर्दै लैजान थालेको सूचना जारी गरिरहेको छ।

‘खेलकुदका गतिविधि त अझै सुरु भइसकेको छैन,’ सात वर्षदेखि ब्रिसबेन बस्दै आएका अमित अर्यालले कन्सर्ट चलिरहेकै बेला भने, ‘दुईतीन दिनअगाडि मात्रै तोकिएको भए स्थगितै गर्नुपर्ने कन्सर्ट हेर्न यति धेरै दर्शक आउनु आफैँमा सुखद हो।

कन्सर्ट पूर्वनिर्धारित समय अर्थात् बेलुकीको ठीक ९ बजे सुरु भएको थियो। त्यसभन्दा झन्डै डेढ घण्टा अगावैदेखि हलअगाडि दर्शकको लाम लाग्न सुरु भइसकेको देखिन्थ्यो।

अन्यत्रझैँ कन्सर्टको थालनी ‘कोशीको पानी’ गीतबाट भयो। गीतहरुका बीचबीचमा आफ्नो भनाइ राख्दै मुख्य गायक अमृत गुरुङले जस्तोसुकै संकटलाई पनि मिलेर सामना गर्ने नेपालीको बानी विदेशमा पनि कायम राख्न र मानवता एवं सहयोगी भावना विकास गर्न दर्शकलाई अनुरोध गरे।

‘छेक्यो छेक्यो’ गीत सुनाएपछि अमृतले होलीको शुभकामना बाँडे। लगत्तै ‘अब म तपाईंहरुलाई मेरो बैंसको गीत सुनाउँछु’ भन्दै ‘आँगनैभरि’ गाए।

दर्शकको भिडमा व्हीलचेयर गुडाउँदै आएका ४६ वर्षीय विकास चापागाईं पनि थिए। ‘यो जिन्दगानी’ गीतको प्रस्तुतिमा लट्ठिएका उनले प्रतिक्रिया दिए, ‘यो मलाई असाध्यै मनपर्ने गीत हो।’

सानैदेखि मस्कुलर डिस्ट्रोफी रोगले च्यापेपछि हिँडडुलमा समस्या भोग्दै आएका उनलाई १३ वर्षअघि अस्ट्रेलियाली सरकारले उच्च शिक्षाको अवसर प्रदान गरेको थियो।

‘यो ब्यान्डले मनोरञ्जन मात्र नभई मानवताको सन्देश दिन्छ, सबैको मनोबल उच्च बनाउन खोज्छ र नेपालीपनको सकारात्मक सन्देश पनि बाँड्छ, त्यसैले अरुभन्दा विशेष लाग्छ,’ उनले भने, ‘नेपालबाट आउने प्रायः सबैजसो कार्यक्रममा जाने गरेको छु। नेपथ्यको प्रस्तुति चाहिँ अन्तर्राष्ट्रिय स्तरको महसुस हुन्छ।’ पढ्नका लागि ब्रिसबेन आएदेखि नेपथ्यको कुनै पनि कन्सर्ट नछुटाएको उनले सुनाए।

‘यो जिन्दगानी’ सकिनासाथ गायक अमृतले शुक्रबारै दिवंगत भएका साहित्यकार लीलबहादुर क्षेत्रीलाई सम्झेका थिए। ‘आफ्नो गाउँठाउँ छाडेर बसाइँ सर्नेहरुको अमर कथा लेख्ने क्षेत्रीलाई हामी नेपालीले कहिल्यै बिर्सने छैनौं,’ उनले भने, ‘यो गीत आज उहाँलाई नै समर्पण गर्छु।’ दर्शकले ताली बजाएर उनलाई समर्थन जनाएका थिए।

‘दर्शक रमाएको देख्दा जहिले पनि आनन्द मिल्छ,’ स्थानीय आयोजक सन्तोष कुँवर भन्दै थिए, ‘हामीले अनुमान गरेको भन्दा राम्रोसँग कार्यक्रम सम्पन्न भयो।’

नेपथ्यलाई व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठले प्रतिकूलताबीच पनि दर्शकले कार्यक्रममा उत्साहजनक सहभागिता जनाएको देख्दा खुसी लागेको सुनाए।

‘हामी क्यानबेरामा छँदै नेपालका लागि अस्ट्रेलियाकी पूर्वराजदूत फेलिसिटी भोल्क लगायतका मित्र एवं शुभचिन्तकले ब्रिसबेनको अवस्थाबारे चासो र चिन्ता प्रकट गरिरहनुभएको थियो, थुप्रै कार्यक्रम स्थगित भइरहेको सुन्दा हामी पनि अन्योलमा परेका थियौं,’ उनले भने, ‘तर नेपथ्यका मायालु दर्शकले कार्यक्रम भव्य बनाइदिनुभयो।’

ब्यान्ड र व्यवस्थापनको १४ सदस्यीय टोलीमध्ये मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

मुलुकको पूर्वी किनारमा रहेको ब्रिसबेनपछि ब्यान्ड अब दक्षिण तर्फको टापु अर्थात् तास्मानियाको राजधानी होबार्ट पुग्दै छ। आगामी कन्सर्ट मार्च १८ मा होबार्टस्थित ‘ओडियन थिएटर’ मा हुनेछ। ब्यान्ड मार्च २१ मा एडिलेड सहरको ‘हिन्डले स्ट्रीट म्युजिक हलमा’,  मार्च २४ मा मेलबर्नको ‘फेस्टिभल हल’ मा प्रस्तुत भएपछि अन्तिम शो गर्न सिड्नीतर्फ लाग्नेछ।

पृथ्वीको दक्षिणी गोलार्द्धको सहर सिड्नीस्थित ‘होर्डन पभिलियन’ मा मार्च २९ को साँझ आयोजित कन्सर्टका लागि झन्डै तीन साताअघि नै टिकट ‘सोल्ड आउट’ भएपछि शो थपिएको छ। दर्शकको चाहनालाई सम्मान गर्दै नेपथ्य साढे पाँच हजार क्षमताको ‘होर्डन पभिलियन’ हलमा मार्च ३० मा पनि प्रस्तुत हुनेछ। त्यसलगत्तै ब्यान्ड स्वदेश फिर्नेछ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै
रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव

ताजा

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोग : अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय संवाद आयोजना

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.