उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी, ५१ जनाको मृत्यु
जानकारी केन्द्र
२०८१, चैत्र, २
काठमाडौँ । उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी हुदा ५१ जनाको मृत्य भएको छ । आगलागीमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएको बिबिसीले उल्लेख गरेको छ ।
देशको पूर्वी भागमा रहेको कोकानी शहरमा रहेको पल्स क्लबमा आगलागी भएको बताइएको छ । यो ठाउँ म्यासेडोनियाको राजधानी स्कोप्जेबाट लगभग सय किलोमिटर टाढा छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरूमा आगो र धुवाँले भरिएको एउटा भवन देखिन्छ ।
प्राप्त जानकारी अनुसार स्थानीय समय अनुसार आइतबार बिहान करिब ३ बजे आगलागी भएको थियो । यो दुर्घटना ब्यान्ड एडीएनको प्रस्तुतिको क्रममा भएको थियो ।
यस ठाउँबाट धेरै घण्टासम्म आगोको ज्वाला उठिरह्यो । उक्त समारोहमा करिब १,५०० जना उपस्थित भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले आगलागी आतिशबाजी उपकरणहरूबाट भएको हुन सक्ने बताएका छन्।
सम्बन्धित समाचार
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

