• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ जेठ २०८३, शुक्रबार
०१ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ ०२ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १६ घण्टा 

कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा
  • १६ घण्टा 

जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ
  • १७ घण्टा 

आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता
  • २१ घण्टा 

क्लासिक टेकप्रति आकर्षण बढ्दो, दुई महिनामै थपिए ३ हजारभन्दा बढी नयाँ ग्राहक
  • २१ घण्टा 

काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ लाई सिएसआर पहलमार्फत सहयोग
  • २४ घण्टा 

अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
  • १ दिन 

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति छ ?
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर

  • २. अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

  • ३. घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?

  • ५. पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण

  • ६. एक लाखसम्म नगद छुटसहित बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल

  • ७. Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features

  • ८. माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • ९. काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ लाई सिएसआर पहलमार्फत सहयोग

  • १०. MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026

को हुन् नेपाल प्रहरीको नयाँ आइजिपीमा दीपक थापा?

जानकारी केन्द्र २०८१, चैत्र, ४

काठमाडौं। नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रहेका थापालाई आइजिपी नियुक्त गरेको हो।

यसअघिका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको कार्यकाल सोमबार राति सकिँदै थियो। कुँवरको कार्यकाल सकिनुअघि सरकारले थापालाई नयाँ नेतृत्वका रूपमा चयन गरेको हो।

थापाका प्रतिस्पर्धीको रूपमा एआइजीद्वय टेकबहादुर तामाङ र सुदीप गिरी थिए। दुई प्रतिस्पर्धीभन्दा वरिष्ठतामा अगाडि रहेकाले थापालाई सरकारले प्रहरी महानिरीक्षक बनाएको हो।

थापा २०२८ मंसिर ८ गते, सूर्यवनायक नगरपालिका-८ सिपाडोल, भक्तपुरमा जन्मदिएका थिए। उनी २औ५२ साल भदौ १९ गते प्रहरी निरीक्षक बनेका थिए।

उनी २०६३ साल भदौ ८ गते प्रहरी नायब उपरीक्षक बनेका थिए। २०७२ साउन ८ गते प्रहरी उपरीक्षक बनेका थापा २०७५ चैत ६ गते प्रहरी वरिष्ठ उपरीक्षक भए।

२०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक बनेका थापा त्यही वर्ष चैत ६ गते प्रहरी अतिरिक महानिरीक्षक भएका थिए।

नेपाल प्रहरीको विभिन्न निकायमा काम गरिसकेका थापा अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख छन्।

उनले कानुनमा एलएलबी, राजनीति शास्त्रमा एमए र जनप्रशासनमा एमपिए गरेका छन्। उनी नेपाल प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालय, प्रशासन विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखसमेत भइसकेका छन्।

साथै, उनले बागमती प्रदेश प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, तथा विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा काम गरेका छन्।

थापाले संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत सुडान र लाइबेरियामा पनि सेवा गरिसकेका छन्।

थापा प्रहरी संगठनको विद्यमान ३० वर्षे सेवा अवधि अनुसार ६ महिना प्रहरी महानिरीक्षकको कुर्सीमा हुनेछन्।

तर, गृह मन्त्रालयले प्रहरी सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। उक्त विधेयक कार्यान्वयनमा आएको खण्डमा थापाको कार्यकाल छ महिना थपिने छ।

थापा राजनीतिक सन्तुलन मिलाएर कार्यसम्पादन गर्ने छवि बनाएका अधिकृत भनेर चिनिन्छन्। उनी आक्रामक प्रहरी अधिकृत पनि हुन्। थापालाई मंगलबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्ने कार्यक्रम छ। सो कार्यक्रम सकिएपछि थापा प्रहरी प्रधान कार्यालयमा पुगेर कार्यभार सम्हाल्ने छन्।

कुँवरले दुई वर्ष लामो कार्यकालमा धेरै काम गरे पनि सरुवा-बढुवाजस्ता महत्वपूर्ण कार्यहरूमा राजनीतिक शक्तिकेन्द्रसँग नतमस्तक भएको आरोप खेपेका थिए।

छ महिनाको छोटो कार्यकालमा थापाले प्रहरी संगठनलाई कुन बाटोमा डोर्‍याउँछन् हेर्न बाँकी छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा
जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ
आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता

ताजा

२०८३ जेठ ०२ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा

जी.ओ. अटोमोबाइल्सद्वारा नेपालमा एमजीको बिक्रीपछिको सेवा र स्वामित्व सहयोग थप सुदृढ

आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलरले बढाउँदैछ नेपाली घरको सहजता

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.