रचना रिमालको जुनी जुनीमा स्मारिका र शिसन
काठमाडौं । गायिका रचना रिमालको जुनी जुनी बोलको फिमेल भर्सनको गीतको भिडियो रिलिज गरिएको छ। दीपनराज शिवाकोटीको शब्द तथा सन्तोष सुनारको संगीत रहेको सार्वजनिक गीतमा नरेश बिबिसीको मिक्सिङ मास्टरिङ रहेको छ।
भिडियोमा मोडलद्वय स्मारिका ढकाल र शिसन सिङ बलको अभिनय देख्न सकिन्छ। पछिल्लो पुस्ताका लोकप्रिय मोडलद्धय स्मारिका र शिसनले भोगेको प्रेम वियोग र ब्रेकअपछि भोग्नु परेको एक्लोपनालाई देखाइएको छ। बिछोडको सिनमा कैयौं पटक भक्कानिएकी छिन् स्मारिका।
भिडियोलाई निर्देशक दिनेश बस्नेतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन्। प्रेमीबाट पाएको धोका भिडियोमा देखाइएको छ। शिसनले यसअघि नक्कली कान्छी, अल्लारे ठिटो, आमा, मान्छेको जात, बिँडी पार्टी, साथी लगायतका दर्जनौं गीतहरू बजारमा आइसकेका छन्।
सार्वजनिक गीतमा विकाश थापाको छायांकन रहेको छ। विकाश दाहालको सम्पादन रहेको जुनी जुनी सन्तोष सुनार अफिसयलबाट बजारमा आएको हो।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
