चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव रसुवामा हुने
काठमाडौं । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो ४ देखि ६ वैशाखसम्म गोसाईंकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ । आयोजक सेलिब्रेटी नेपालका अनुसार महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुरयाउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरू समावेश गरिनेछ । महोत्सवमा वृत्तचित्र, लघु चलचित्र र कथानक चलचित्र समावेश गरिने छ । ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका चलचित्र गाउँलेहरूलाई नै देखाइने भएका छ ।
महोत्सवमा सहभागी चलचित्रहरूबाट निर्णायक टिमले उत्कृष्ट चलचित्रहरू चयन गरेर अवार्ड समेत प्रदान गरिनेछ । विगत चार वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका चलचित्र मात्र प्रदर्शन हुने पनि आयोजक सापकोटाले जानकारी गराए । महोत्सवमा विभिन्न विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठीहरू समेत गरिने छ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

