• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ बैशाख २०८३, मङ्गलबार
१५ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?
  • ८ घण्टा 

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
  • १० घण्टा 

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
  • १२ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १३ घण्टा 

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • १ दिन 

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • १ दिन 

गर्मीको मौसमलाई लक्षित गर्दै सीजीले सार्वजनिक गर्यो नयाँ प्रिमियम स्ट्यान्ड फ्यान
  • १ दिन 

पुरानो गाडी साटेर नयाँ प्रोटोन किन्ने विशेष अवसर 
  • १ दिन 

लोकप्रिय समाचार

  • १. प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

  • २. डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा

  • ३. बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक

  • ४. नेप्सेमा सामान्य वृद्धि,कारोबार ५.२७ अर्बमै सीमित

  • ५. नाडाद्वारा भन्सार विभागका महानिर्देशकसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • ६. चर्को आलोचना पछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ७. सुनको मूल्य तोलामा दुई हजार सात सय रूपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ८. सरकारी कर्मचारीका लागि डिजीटल हाजिरी प्रणाली लागू गर्ने सरकारको तयारी

  • ९. चार्जको झन्झट अन्त्य : ७,००० एमएएच ब्याट्रीसहित अनर एक्स ८ डी फोन अब नेपालमा

  • १०. साझँ ७ बजेसम्म बस्ती खाली नगरे भोलि बिहानै डोजर चल्ने चेतावनी

भैरहवामा फुटपाथमा पार्किङ, टर्न निषेधमा गाडी निरन्तर प्रवेश

जानकारी केन्द्र २०८१, चैत्र, १०

भैरहवा । पैदलयात्रु निर्वाध आवगमनको सहजताका लागि फुटपाथ प्रयोग गरिएपनि रुपन्देहीको भैरहवामा यस्को विपरित फुटपाथलाई पार्किङको रुपमा प्रयोग गरिएको छ । सडकमा सवारी साधनको चाप दिन प्रतिदिन बढ्दै गए पनि पार्किङ स्थलको व्यवस्थापन हुन नसक्दा भैरहवा अस्तव्यस्त हुदै गएको छ । भैरहवाको बुद्धचोक देखि बर्मेली टोलको पश्चिम तर्फको सर्भिस रोड पार्किङ निषेध गराई  फुटपाथमा पार्किङ गराइएको छ ।

केवल पैदल यात्रुको सहजताका लागि बनाइने फुटपाथमा यहाँ मोटरसाइकलहरु क्रमबद्ध रुपमा पार्किङ गरि राखिएको छ । पछिल्लो केही दिन देखि फुटपाथ खाली गराउने र अव्यवस्थित पार्किङ्गमा कडाई गर्दै आएको सिद्धार्थनगर नगरपालिका र ट्राफिक प्रहरीले फुटपाथमै पार्किङ्ग गर्दा भने रमिते बनेको छ ।

सिद्धार्थनगर नगरपालिकाले पछिल्लो केही दिन देखि नगरप्रहरीको प्रयोग गर्दै सिद्धार्थनगरको सडकपेटी अतिक्रमणलाई हटाउने अभियान गर्दैछ । नगरपालिकाले फुटपाथलाई व्यवस्थित गरी पैदलयात्रुको सहजताका लागि यो अभियान सुरु गरेको छ ।

भैरहवाको मुख्य बजर बैंक रोड, गल्लामण्डी, मैत्री पथ, नयाँ सडक, नारायणस्थान लगायतको सडकहरुमा दैनिक नगरप्रहरीले फुटपाथ खाली गराउदै राखिएको सामान समेत नियन्त्रणमा लिई कारवाही गरेका छन । सडकपेटी खाली गर्ने अभियानले थुपै्र व्यवसायीहरु कारवाहीको दायरामा आई जरिवाना समेत दिदा नगरपालिकाले बुद्धचोक नजिकै राखेको फुटपाथको पार्किङको विषयमा केही गर्न सकेको छैन ।

नगरपालिकाको समन्वयमा नै केही समयका लागि फुटपाथमा पार्किङ गरिएको हो, अल्पकाालिन रुपमा यस क्षेत्रको पर्किङको लागि फुटपाथ प्रयोग गर्ने भनिएपनि ३ वर्ष वित्दा समेत यसलाई निरन्तरता दिदै फुटपाथमै पार्किङ गरिरहेको छ।

फुटपाथ सहित सर्भिस रोडमा समेत जथाभावी पार्किङ गर्दा पैदल यात्रीलाई समस्या भएको सामाजिक अगुवा विजय सागर श्रेष्ठले बताए । यसरी जथाभावी पार्किङ गर्दा र एउटा लेनमा चल्नुपर्ने साधन उल्टो लेनमा चल्दा दुर्घटनाको जोखिम धेरै भएको उनले बताए ।

सिद्धार्थनगर बैकरोडका व्यवसायीहरुले नगरप्रहरीले ज्यादती गरेको बताएका छन । दादागिरी शैलीमा फुटपाथको मात्रै होइन पसल भित्रको सामान पनि गाडीमा हालेर लगेको गुनासो गरेका छन ।

झयामझुमे सामान उठाएर गाडीमा हालिएको छ यो गलत ढंगले नगरप्रहरीहरु लागेको व्यवसायीहरुले बताएका छन । उनीहरुले के के सामान लग्यो भन्ने पनि आफुहरुलाई थाहा नभएकोले जरिवाना पछि कसरी चिनेर ल्याउने भन्ने पनि दुविधा भएको बताए ।

भैरहवामा प्रवेश निषेध गरेको क्षेत्रमा सवारीसाधन निरन्तर प्रवेश गर्दा समेत ट्राफिक प्रहरी मुकदर्शक भई बसेको छ । भैरहवाको बर्मेली टोलमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले उत्तर तर्फ जादा दाया टर्न निषेध गरेको छ । ट्राफिक व्यवस्थापनका लागि डिभाइडर हटाएर राखिएको बुद्धचोकबाट आउने सवारीसाधनलाई सजिलै नारायण पथ र दाया सर्भिस रोड जाने सहजताका लागि उक्त टर्न खोलिएपनि त्यसको विपरित दिशाबाट गएको सवारीसाधन पनि सहजै त्यो बाटोको प्रयोग गरिरहेको छ ।

सबैले देखिने गरि राखिएको ट्राफिक चिन्हलाई वेवास्ता गर्दै आम सर्वसाधरण गलत बाटो प्रयोग गरिरहेका छन । प्रवेश निषेधको चिन्ह लाई नजरअन्दाज गरि सवारीसाधन आवगमनले  दुर्घटनाको उच्च जोखिम छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले टर्न खोल्दा केही समय प्रहरी खटाएपनि अहिले ट्राफिक प्रहरीको डयुटी नै हटाइएको छ ।

यस्तै भैरहवा क्षेत्रको राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि बुद्धचोक र देवकोटा चोकमा रहेको ट्राफिक लाइट नियमित रुपमा नचल्दा दुर्घटनाको उच्च जोखिममा छ । स्वचलित रुपमा २४ घण्टा बल्नुपर्ने ट्राफिक बत्ती कहीले बल्ने र कहिले नबल्दा चालकहरु झुक्किएर झन दुर्घटनाको जोखिम बढेको छ ।

ट्राफिक लाइटले काम नगर्दा ट्राफिक व्यवस्थापन स्वचालित नहुने र चालक आफ्नै सुरमा गाडी हाक्ने गरेका छन । बेलाबखत सडकमा भएको ट्राफिक प्रहरीले हातको इशाराले संकेत गरेपनि ड्युटीमा भएको प्रहरी पनि छेउमा मोबाइल चलाउदै र कुराकानीमै मस्त हुन्छन ।

रुपन्देहीको भैरहवामा यि मात्रै होइनन नम्बर प्लेट अस्पष्ट भएको छरपस्ट देखिन्छ, हाइवेमा इरिक्सा, भन्सार र सुविधा विनाका भारतिय गाडीको निर्वाध प्रयोग, वसपार्कबाट छुट्नु पर्ने गाडी चोक र सर्भिस रोड बसपार्कको रुपमा परिणत जस्ता कार्यले भैरहवामा ट्राफिक प्रहरी नै नभएको अनुभूति भइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले रुपन्देहीका निमित्त प्रमुख वरिष्ठ सई ज्ञानेन्द्र शर्माले समग्र ट्राफिक व्यवस्थापनका लागि नियमित रुपमा चेकजाँच र नियम विपरीत गरेकालाई कारावहीको दायरामा ल्याएको बताए ।

हाइवेमा चल्ने इरिक्सा र भन्सार विना आएका विधुतीय गाडीहरुलाई कारवाहीको दायरामा ल्याएका छौ, हिजो मात्रै ४५ वटालाई कारवाही गरेका छौ भने, फुटपाथमा भएको पार्किङको विषय केही दिनमा समाधान हुने बताए । यस्तै प्रत्येक दिन अपरेशन गरेका छौ, राइट टर्न निषेधमा सवारीसाधनको प्रवेश भएको पाइएकोले डयुटी खटाएर त्यसलाई  नियमन गर्ने वरिष्ठ सई शर्माले भने । उनले एकै पटक सबै काम नहुने बताउदै अबको एक हप्ता पछि नतिजा देखिने परिवर्तन हुने उनले दाबी गरे ।

नगर प्रहरीको विषयमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले नगर प्रहरीद्वारा सिद्धार्थनगर नगरपालिकाभित्र बजार क्षेत्रमा जथाभावी रूपमा गरिएको पार्किङ, सडक क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका होर्डिङ बोर्ड, हेलमेट तथा सडक पेटीमा राखिएका सामग्रीहरूलाई हटाउने तथा नियन्त्रणमा लिने कार्यलाई तीव्र रूपमा अगाडि बढाएको बताए ।

फुटपाथमा गरिएको पार्किङको विषयमा पनि नगरपालिका सचेत छ, नगरवासीको सहजताका लागि नै नगरपालिकाले अभियान चलाएको छ । इरिक्सा, फोहोरमैला, फुटपाथ खाली गराउने पार्किङ लगायतको विषयमा नगरप्रहरी लागेको छ । छाडा चौपाया, इरिक्सा व्यवस्थापनको विषय चुनौति रहेपनि विस्तारै सहज हुदै गएको छ भने  फोहोरमैलाको विषयमा सर्वसाधरणले जथाभावी फोहोर फाल्नेलाई कारवाहीको दायरामा ल्याउने बताए ।

नगरवासीको सहजताको लागि नै गरेकोले नगरवासी, व्यवसायी र सबै सम्बन्धित पक्षलाई यस कार्यमा सहयोग गरी नगर क्षेत्र सफा, सुरक्षित र व्यवस्थित राख्न योग्दान गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?
एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

ताजा

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.