• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ असार २०८३, शुक्रबार
२६ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • ११ घण्टा 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • १५ घण्टा 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • १५ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • १५ घण्टा 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • १ दिन 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • १ दिन 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • १ दिन 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • २. फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

  • ३. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो बुटवलमा सार्वजनिक

  • ४. लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

  • ५. टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

  • ६. महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ

  • ७. मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ

  • ८. २०८३ असार २१ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक

  • १०. रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

पिठोमा यी चिज मिलाउनु होस्, हुनेछ पौष्टिक तथा स्वास्थ्यजनक बढी

जानकारी केन्द्र २०८१, चैत्र, १५

काठमाडौं । हाम्रो भान्सामा रोटी, पकोडा, हलुवा, नमकीन र मिठाई बनाउन चनाको पिठो प्रयोग गरिन्छ।  तर, के तपाईंले कहिल्यै बेसनको रोटी चाख्नु भएको छ ?

बेसनको रोटी स्वादिलो ​​मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन र फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई फाइदा पुर्‍याउँछ र शरीरलाई ऊर्जासमेत प्रदान गर्छ। बेसनको रोटी घरमै बनाउनुहुन्छ भने यसमा केही फरक–फरक सामग्री थपेर यसलाई थप पौष्टिक बनाउन सकिन्छ ।

यहाँ जानिराखौं बेसनको पीठो मुछ्दा के–के चिज मिसाउँदा फाइदा हुन्छ ?

मेथीको पातः मेथीको पातमा भिटामिन र मिनरल्स प्रचुर मात्रामा पाइन्छ । यसलाई बेसनको पिठोमा मिसाउँदा रोटीलाई स्वादिलो ​​मात्र बनाउँदैन, यसले पाचन प्रणालीलाई पनि सुधार गर्छ र शरीरमा आइरनको कमीलाई हटाउन मद्दत गर्छ।

सातुः सातु चना वा जौबाट बनाइन्छ। यो प्रोटिन र फाइबरको राम्रो स्रोत हो। बेसनको पिठोमा मिसाएर खाएर रोटीलाई स्वस्थ्य बनाउँछ, जसले पेटलाई स्वस्थ राख्न र तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

बेसारः बेसार एक प्राकृतिक एन्टी–इन्फ्लेमेटरी र एन्टि अक्सिडेन्ट हो। बेसनको पिठोमा बेसार मिसाएर खाँदा रोटी बढी स्वस्थ हुन्छ, जसले शरीरमा सूजन कम गर्छ र रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउँछ।

आलासको धुलोः फ्ल्याक्स सीडमा ओमेगा ३ फ्याटी एसिड, फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। यसलाई बेसनको पिठोमा मिसाउँदा रोटी हलुका र सजिलै पच्ने खालको हुन्छ। साथै, यो मुटुका लागि पनि फाइदाजनक हुन्छ ।

धनिया र जीराः धनिया र जीराले रोटीको स्वाद मात्र बढाउँदैन, पाचन पनि सुधार गर्छ। जीरामा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ भने धनियाले शरीरलाई डिटोक्सिफाइ गर्न मद्दत गर्छ।

बेसनको रोटी स्वास्थ्यका लागि किन फाइदाजनक हुन्छ ?

तौल घटाउनः बेसनको रोटीको सेवनले शरीरमा अतिरिक्त बोसो जम्मा हुनबाट रोक्छ। चनामा फाइबर, पोटासियम, म्याग्नेसियम, आइरन र कपर जस्ता आवश्यक पोषक तत्वहरू हुन्छन्, जसले तौल सन्तुलनमा राख्न मद्दत गर्छ। यसका साथै यसले आन्द्राको कमजोरीलाई हटाएर पाचन प्रणालीलाई बलियो बनाउँछ ।

पौष्टिक तत्वले भरिपूर्णः चना स्वादिलो ​​मात्र नभएर पौष्टिक तत्वले पनि भरपुर हुन्छ। १०० ग्राम चनामा करिब ३५० किलो क्यालोरी ऊर्जा, २३.३३ ग्राम प्रोटिन, ३.३३ ग्राम फ्याट, ५६.६७ ग्राम कार्बोहाइड्रेट, ६.७ ग्राम फाइबर, ४.८ मिलीग्राम आईरन  र १७ मिलीग्राम सोडियम पाइन्छ । चनाको रोटी तपाईको शरीरको लागि धेरै लाभदायक हुन्छ।

मुटुका लागि फाइदाजनकः  बेसन रोटी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ, विशेषगरी मुटुलाई स्वस्थ राख्नको लागि यो निकै महत्वपूर्ण हुन्छ । यसमा फाइबर र प्रोटिन प्रचुर मात्रामा पाइन्छ, जसले तौल नियन्त्रणमा मात्र नभई मुटु रोगीका लागि पनि फाइदाजनक हुन्छ । यसमा पाइने फाइबरले मुटुलाई स्वस्थ राख्न र कोलेस्ट्रोलको स्तर सन्तुलित राख्न मद्दत गर्छ ।

कोलेस्ट्रोल घटाउन सहयोगीः चनाको सेवनले खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ किनभने यसमा फाइबर र पोलिअन स्याचुरेटेड फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ। यसले हानिकारक कोलेस्ट्रोलको स्तरलाई नियन्त्रण गर्न मद्दत गर्दछ, जसले हृदयसँग सम्बन्धित रोगहरूको जोखिमलाई धेरै हदसम्म कम गर्छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

ताजा

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.