काठमाडौं । एएफसी महिला एसियन कप २०२६ छनोटको समूह अन्तर्गत नेपाल ‘एफ’ मा परेको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘एफ’ मा नेपालसँगै उज्वेकिस्तान, लाओस र श्रीलंकासमेत परेका छन् ।
यो समूहका सबै खेल उज्वेकिस्तानमा हुनेछ । छनोटका खेलहरू जुन २३ देखि जुलाई ५ सम्म हुने जनाइएको छ ।
छनोट चरणमा ३४ टोली प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई ८ समूहमा विभाजन गर्दा नेपाल समुह एफमा परेको हो ।
दुई समूहमा पाँच र ६ समूहमा चार टोली छन् । प्रत्येक समूहका विजेताले एसिया कपमा स्थान बनाउने छन् ।
समुह बिभाजन:
समूह ए: इरान, जोर्डन, लेबनान, सिंगापुर र भुटान ।
समूह बी: थाइल्याण्ड, भारत, मंगोलिया, टिमोर-लेस्टे र इराक ।
समूह सी: म्यानमार, बहराइन, बंगलादेश र तुर्कमेनिस्तान ।
समूह डी: चाइनिज ताइपेई, इन्डोनेसिया, किर्गिस्तान र पाकिस्तान ।
समुह इ: भियतनाम, गुआम, संयुक्त अरब इमिरेट्स र माल्दिभ्स ।
समूह एफ: नेपाल, उज्बेकिस्तान, लाओस र श्रीलंका ।
समूह जी: फिलिपिन्स, हङकङ, चीन, कम्बोडिया र साउदी अरेबिया ।
समूह एच: उत्तर कोरिया, मलेसिया, प्यालेस्टाइन र ताजिकिस्तान