काठमाडौंका ४५ स्थानमा गोगोरोको ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा
काठमाडौँ। दुई पाङ्ग्रे विद्युतीय सवारी साधनहरूको लागि ब्याट्री-स्वापिङ प्रविधिमा विश्वव्यापी अग्रणी गोगोरोले काठमाडौँ उपत्यकाभरि पूर्ण रूपमा सञ्चालित ४५ ब्याट्री स्वाप स्टेशनहरू सफलतापूर्वक स्थापना गरेको छ। गोगोरोले आफ्नो प्रतिबद्धता अनुरुप स्मार्ट स्कुटरको बिक्री गर्नु अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको छ । सहरी यातायातलाई दिगो र प्रभावकारी समाधान दिने गोगोरोको लक्ष्यमा यो एउटा महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ ।
स्मार्ट मोबिलिटीमा नयाँ युगको सुरुवात
रणनीतिक रूपमा प्रत्येक २ देखि ३ किलोमिटरमा अवस्थित गोगोरोका ४५ स्वाप स्टेसनहरूले चार्जिङको लागि पर्खने झन्झट हटाउँदै फुल चार्ज गरिएका ब्याट्रीहरूमा सजिलै पहुँच प्रदान गर्दछ । केवल ६ सेकेन्ड समय लाग्ने स्वापका कारण नेपाली ईभी प्रयोगकर्ताहरूले निर्बाध यात्राको आनन्द लिन सक्नेछन् ।
गोगोरो स्वाप स्टेशनका प्रमुख विशेषताहरू
• रणनीतिक कभरेज : यात्रुहरूलाई सहज हुने गरी प्रमुख शहरी र आसपासका क्षेत्रहरूमा अवस्थित स्वाप स्टेशन।
• २४/७ उपलब्धता : स्वाप स्टेशन चौबिसै घण्टा सञ्चालनमा रहने ।
• सहज इन्टरफेस : पहिलो पटक प्रयोग गर्ने हरूका लागि पनि सहज र सरल ब्याट्रीस्वाप प्रणाली।
• Advanced सुरक्षा तथा अनुगमन : Real time ब्याट्री health निगरानी तथा अन्य सुरक्षा मापदण्डहरू ।
• Scalability : भविष्यमा बढ्दो मागलाई सहजै व्यवस्थापन गर्न सक्ने संरचना ।
• Power Backup : स्वाप स्टेशनहरूमा गोगोरो ब्याट्रीद्वारा संचालित in-built UPS प्रणालीउपलब्ध छ, जसले ग्राहकहरूलाई बिजुलीअवरोधको अवस्थामा समेत ७ दिनसम्म सञ्चालन सुनिश्चितता गर्दछ।
• AI Powered स्टेशनहरू : स्वापस्टेसनहरू AI प्रणालीद्वारा सञ्चालित हुन्छन्, जसलेब्याट्रीको स्वास्थ्य तथा प्रयोगकर्ताको माग अनुसार ब्याट्रीको उपलब्धता सुनिश्चित गर्दछ।
नेपालको शहरी यातायातमा ठूलो परिवर्तन
गोगोरोको ब्याट्री–स्वापिङ प्रविधिले ईभीका लागि सबैभन्दा ठूलो अवरोधहरू मध्ये एक रेन्जको चिन्तालाई वा चार्ज सकिने चिन्तालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्दछ। राइडरहरूले ब्याट्री सकिने वा चार्जिङको लागि धेरै समय पर्खने बारेमा कहिल्यै चिन्ता गर्नु पर्दैन। यसरी स्वाप स्टेशनहरूले ईभी सवारीलाई अझ व्यवहारिक र आकर्षक बनाउँछन्। हाल गोगोरोका स्टेसनहरू पेट्रोल पम्प, सुपरमार्केट तथा अन्य रणनीतिक स्थानहरूमा राखिएको बताइएको छ । हाल काठमाडौंमा दैनिक १०० भन्दा बढी स्वाप भइरहेको छन् र यो बढ्दो क्रममा रहेको जनाइएको छ।
“नेपालको ईभी ईकोसिस्टमलाई बलियो बनाउन हामी आफ्नो प्रतिबद्धता पूरा गर्न पाएकोमा गर्व लागेको छ । यी ४५ स्वाप स्टेसनहरू हाम्रो दीर्घकालीन सोचको पहिलो खुड्किलो मात्र हो, हाम्रो लक्ष्य अझ स्मार्ट र दिगो यातायात प्रणाली निर्माण गर्नु हो,” नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले भने ।
गोगोरोको बारेमा
सन् २०११ मा स्थापित गोगोरोले आफ्नो अग्रणी ब्याट्री–स्वापिङ नेटवर्कको साथ शहरी ऊर्जा वितरणलाई पुनः परिभाषित गरिरहेको बताइएको छ । इनोभेसनको लागि विश्वप्रसिद्ध गोगोरोले आफ्नो स्मार्ट, स्केलबल र सस्टनेबल मोबिलिटीका समाधानहरूको साथ शहरी यातायातलाई रूपान्तरण गर्नुका साथै ताइवान, फिलिपिन्स, चीन, भारत, जापान, इन्डोनेसिया, कोरिया, इजरायल, सिंगापुर र नेपालमा सञ्चालनमा आएको गोगोरोले इलेक्ट्रिक मोबिलिटी इनोभेसनको नेतृत्व गरिरहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
