प्रि बुकिङबाट ५० करोड कमाउने पहिलो मलायम फिल्म एम्पुरानको तेस्रो सिक्वेल बन्ने
हैदाराबाद । साउथ फिल्म उद्योगले पछिल्ला केही वर्षमा अचम्मको कथा ल्याउन सुरू भएको छ । अहिले साउथका फिल्महरू विश्वभर फरक–फरक क्रेजका साथ हेरिन थालिएको छ । यससँगै कमाईको हिसाबले पनि पछिल्ला केही वर्षयता साउथ फिल्मको सफलता देखिएको छ ।
अब अर्को फिल्म आएको छ, जसले साउथ मुभी इन्ड्रस्ट्रिजलाई अझ माथि राख्ने भएको छ । पृथ्वीराज सुकुमारनको फिल्म एल २ः इम्पुरान अन्ततः रिलिज भएको छ । फिल्मलाई लिएर जनतामा निकै चर्चा चलेको छ ।
यसैबीच चलचित्रका निर्देशक तथा अभिनेता पृथ्वीराज सुकुमारन र चर्चित अभिनेता मोहनलालले केही नयाँ कुरा सार्बजनिक गरेका छन। भारतको प्रसिद्द च्यान टिभि ९ सँग विशेष कुराकानी गरेका उनीहरूले एम्पुरानको तेस्रो भाग पनि आउने खुलासा गरेका छन् ।
इम्पुरान प्रि बुकिङवाट विश्वब्यापी रूपमा ५० करोड कमाउने पहिलो मलायाम फिल्म बनेर रेकर्ड कायम गरिसकेको छ । सैकनिल्कका अनुसार पहिलो दिन सो फिल्मले बिहिवार दिउँसोको सो सम्म १३.७ करोडको ओपनिङ गरेको थियो ।
प्रभाससँगको पृथ्वीराजको फिल्म ‘सालार’ ले करिब ९०० करोड कमाएको थियो । अब पृथ्वीराज सुकुमारन र मोहनलाल अभिनित फिल्म ‘इम्पुरान’ रिलिज भएको छ । फिल्म तीन भागमा बन्न लागेको हो । अर्थात् यो ट्रिलोजी फ्रेन्चाइजी हो अर्थात् तीन फिल्ममा कथा पूरा हुनेछ ।
जसअनुसार ‘लुसिफर’ पहिलो किस्ता थियो, अब एम्पुरान दोस्रो भाग हो। यसपछि अर्को किस्ता आउने पक्का भएको छ । तर, फिल्मको बारेमा कुरा गर्दा खेरी भने पृथ्वीराजले यसलाई दोस्रो पार्ट नमानेको बताएका छन् ।
पृथ्वीराजले यो स्ट्यान्ड अलोन फिल्म बन्ने बताए । अर्थात्, फ्रेन्चाइजीको पहिलो भाग हेरे पनि नहेरे पनि यो फिल्मको मजा लिन सकिन्छ । उनले यो चलचित्रबाट धेरै अपेक्षा गरेको बताए । त्यसका लागि ठूला सपना देखेको पनि उनको भनाइ छ । चलचित्रमा मोहनलाल मुख्य भूमिकामा छन् । कुन कुराले उनलाई यो फिल्म नयाँ हो भन्न बाध्य बनायो ? भन्ने प्रश्नको जवाफमा अभिनेताले पृथ्वीराजको दृष्टिकोणले नै फिल्मलाई खास बनाएको बताए ।
उता, पृथ्वीराजले मलाई यो कथा सुनाउने तरिका र फिल्म निर्माण प्रतिको उनको माया र समझलाई मैले सँधै थाहा पाएको र स्वीकार गरेको पनि मोहनलालले बताएका छन् । ‘मलाई उनको विरासतको बारेमा थाहा छ, त्यसैले म यो भूमिकामा सहमत भएको हुँ,’ उनले भने ।
उनी अगाडी भन्छन, ‘मैले उनका बुवासँग धेरै फिल्ममा काम गरेको छु, उनको महत्वाकांक्षा प्रस्ट देखिन्छ । त्यसैले मैले यो फिल्मलाई हो भनेँ । उनले यो कथा एक भागमा समाप्त गर्न सकेनन, त्यसैले यो तीन भागमा हुनेछ।’
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
