दराज नेपालद्वारा ‘नव वर्ष उत्सव’ २०८२ को घोषणा, अविश्वस्निय छुट तथा आकर्षक अफरहरूको बहार !
काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित ४.४, नव वर्ष उत्सवको घोषणा गरेको छ । ७०% सम्म छुट सहितको आश्चर्यजनक फ्ल्याश सेल, रु. १ करोड बराबरको भौचर तथा निःशुल्क डेलिभरी सुविधा सहित, ४.४ सेल अप्रिल ४ (चैत २२, २०८१) बाट सुरु भई अप्रिल १३ (चैत ३१, २०८१) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । सेलले नेपाली ग्राहकहरूलाई रोमाञ्चक किनमेलको नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
उत्सव अवधि भर, ग्राहकहरूले हरेक दिन फ्ल्याश सेलमार्फत विभिन्न क्याटेगरी तथा सेटाफिल, मसलब्लेज, एईवीबी, ह्रोटो, माइक्रोलाइफ, एक्स—एज, ब्ल्याकशार्क लगायत साझेदार ब्रान्डहरू मार्फत ७०% सम्मको छुटमा उत्पादनहरू किन्न पाउनुहुनेछ । सिमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने भएकाले ग्राहकहरूलाई दराज एपको फ्ल्याश सेल सेक्शन विशेषरुपमा नियाल्दै मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।
४.४ सेल अवधि भर डिजिटल पूर्वभुक्तानीमा दराजले उपभोक्ताहरुका लागि रु. ७५० सम्मको छुट सुविा उपलब्ध गराउने छ । यसका लागि दराजले नबिल बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, तथा गरिमा विकास बैंक गरी नौ ओटा बैंकहरूसँग सहकार्य गरेको छ । किनमेलका लागि यी बैंकहरूको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले अधिकतम १५% (रु. ७५० सम्म) छुटपनि प्राप्त गर्न सक्नुहुनेछ । त्यसैगरी, डेबिट कार्ड प्रयोग गर्नुहुने ग्राहकहरूले १०% (रु. ५०० सम्म) छुट प्राप्त गर्न सक्नुहुनेछ ।
यसैगरी, ग्राहकहरूका लागि रु. ४४, रु. ४४४, र रु. ४,४४४ को आकर्षक डिलहरू पनि उपलब्ध हुने दराजले विज्ञप्ति मार्फत जानकारी दिएको छ । साथै, रु. ९९, रु. ३९९, रु. ९९९, र रु. १,९९९ को छुट श्रेणीमा पनि विभिन्न उत्पादनहरू खरिद गर्न पाउनु हुनेछ । ४.४ नव वर्ष उत्सवको अवधि भर, कम्तीमा रु. ५,००० बराबरको किनमेल गर्ने एक भाग्यशाली ग्राहकले रु. २९,९९९ बराबरको वानप्लस नर्ड सीईएस लाइट जित्ने अवसर पाउनुहुनेछ । त्यस्त गरी, चारजना भाग्यशाली ग्राहकहरूले रु. १०,३०० बराबरको यासुदा पर्सनल एयर कुलर जित्ने अवसर प्राप्त गर्नुहुने कम्पनीले जानकारी दिएको छ ।
४.४ नव बर्ष उत्सवका अवसरमा ‘एड टु कार्ट एण्ड विन’ योजनाअन्तर्गत सेटाफिल, याजी, जीसीजी आइवेयर र उकुलेलेका रु. ५,००० बराबरका गिफ्ट ह्याम्परहरू तीनजना भाग्यशाली ग्राहकहरूले जित्नु हुनेछन् भने, एकजना ग्राहकले रु. १२,००० बराबरको ग्लेन एयर फ्रायर प्राप्त गर्नु हुनेछ । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले चैत १७ देखि चैत २१ (मार्च ३० – अप्रिल ३) भित्र रु. १०,००० बराबरका सामानहरू कार्टमा राख्नुपर्नेछ । त्यस्तै, रु. १,००,००० भन्दा बढीको किनमेल गर्ने ग्राहकहरूले रु. १०,००० सम्मको विशेष छुट भौचर प्राप्त गर्न सक्नुहुेनेछ । यो अवसर अप्रिल ४ को मध्यरातदेखि उपलब्ध हुने कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
