कोरी बुकर, जसले लगातार २५ घण्टा भाषण गरेर ६८ बर्ष पुरानाे रेकर्ड ताेडे
काठमाडाैं । अमेरिकी राजनीतिमा नयाँ इतिहास रच्दै डेमोक्रेटिक सिनेटर कोरी बुकरले २५ घण्टाभन्दा बढी भाषण दिएर ६८ वर्ष पुरानो कीर्तिमान तोडेका छन् ।
यो ऐतिहासिक उपलब्धिपछि उनको चर्चा विश्वभर भइरहेको छ । बुकरको भाषण सामान्य थिएन। आउनुहोस् तपाईलाई बुकरको बारेमा बताउने छाैं ।
खासमा ५५ वर्षीय कोरी बुकरको जन्म वाशिंगटन, डीसीमा भएको थियो तर पछि उनी न्यू जर्सीमा सरेका हुन । उनी कालो परिवारबाट आएका थिए र बाल्यकालमा जातीय भेदभावको सामना गर्नु परेकाे थियाे । येल ल स्कूल र स्ट्यानफोर्ड विश्वविद्यालयबाट शिक्षा प्राप्त गरे पछि उनले गरिबहरूलाई कानुनी सहायता प्रदान गर्ने वकिलको रूपमा काम गर्न सुरू गरे ।
फेसबुकका संस्थापक मार्क जुकरबर्गले न्यूयोर्कका सार्वजनिक विद्यालयलाई १० करोड डलर सहयोग गरे पछि कोरी बुकरले राष्ट्रिय ब्यक्तित्वकाे मान्यता पाएका हुन । यो घटनाले उनलाई डेमोक्रेटिक पार्टीको उदाउँदो तारा बनायो।
२०१३ मा वर्तमान सिनेटर फ्रान्क लाउटेन बर्गको मृत्यु पछि बुकरलाई अमेरिकी सिनेटको लागि मनोनयन गरिएको थियो। विशेष चुनावमा सिनेटमा निर्वाचित भएका हुन् । त्यसपछि उनले २०१४ मा पूर्ण समय कार्यकाल जिते र २०२० मा पुनः निर्वाचित भएका थिए। अहिले उनले ६८ वर्ष पुरानो कीर्तिमान तोडेका छन, जुन यसअघि दक्षिण क्यारोलिनाका पूर्व सिनेटर स्टर्म थर्मन्डले राखेका थिए। १९५७ मा स्टर्म थर्मन्डले नागरिक अधिकार कानूनको विरोधमा लगभग २४ घण्टा बोलेर रेकर्ड बनाएका थिए ।
तर अब कोरी बुकरले यो कीर्तिमानलाई पछाडि छाडेका छन । र, २५ घण्टाभन्दा बढी भाषण दिएर उनलाई अमेरिकी राजनीतिमा नयाँ इतिहास रचेका छन ।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

