रिड्डारा आरडी ६ ४डब्लुडी : मनाङ पुग्ने पहिलो ईभी पिकअप
काठमाडौं । नेपालको विद्युतीय सवारी साधनको इतिहासमै रिड्डारा आरडी ६ ४डब्लुडीले एनवाईईएफ मोटर र्याली अन्तर्गत मनाङ पुग्ने पहिलो ईभी पिकअपको गौरव हासिल गरेको छ। एनवाईईएफ र्यालीको आधिकारिक सवारी साझेदारका रूपमा, सीजी मोटर्सले देशभर फैलिएको २४० भन्दा बढी चार्जिङ स्टेसन नेटवर्कको संयुक्त पहलमा यो सफलता प्राप्त गरेको कम्पनीले जनाएको छ।
काठमाडौँ – मनाङ जाँदा बेसिसहरमा एकपटक मात्र चार्ज गरेर मनाङसम्मको कठिन यात्रा पूरा गर्नु रिड्डाराको उत्कृष्ट प्रविधि र क्षमताको प्रत्यक्ष प्रमाण हो, जसले नेपालको पहाडी भूभागमा पनि विद्युतीय सवारी सहज रुपमा संचालन गर्न सकिन्छ भन्ने देखाएको कम्पनीको दाबि रहेको छ।
कम्पनीका अनुसार,- ‘रिड्डारा आरडी ६ ४गुणा ४ ले ३ हजार ५१९ मिटरको उच्चता, साँघुरा घुम्तीहरू, पथरीला उकालाहरू र चिसो हावापानीले चुनौतीपूर्ण बनेको मनाङ मार्गमा आफ्नो क्षमताको उत्कृष्ट प्रमाण दिएको छ। यस्तो उचाइमा इन्जिन पर्फर्मेन्समा असर पर्न सक्ने भए पनि, आरडी६ ले न त पावर गुमायो, न त सन्तुलन।’

४२४ कि.मि.को रेन्ज , ५९५ एनएम टर्कले एनवाईईएफ र्यालीको उकालो, अप्ठ्यारो र अफरोड बाटोहरूमा उत्कृष्ट प्रदर्शन गरेको बताइएको छ। विशेषगरी, ९५ प्रतिशत ग्रेबिलिटीका कारण सो मार्गका तीव्र उकालाहरू सहज पार गर्न सफल भएको कम्पनीले जनाएको छ।
साथै, २२५ मिमि ग्राउन्ड क्लियरेन्सले पथरीला र उचालिएका बाटाहरूमा पनि सन्तुलित यात्रा सुनिश्चित गर्नुका साथै यस्ता कठिन परिस्थितिमा प्रदर्शन गर्नसक्ने क्षमताले आरडी६ लाई केवल शहरी प्रयोगका लागि होइन, अत्यन्त चुनौतीपूर्ण यात्राका लागि पनि उत्तिकै भरपर्दो बनाएको कम्पनीको दाबि रहेको छ ।
रिड्डाराको यो सफलताले केवल एउटा सवारीको सीमामा सन्देश दिएको छैन, यसले नेपालको भविष्य विद्युतीय गतिशीलतामा सुरक्षित, सक्षम र दिगो छ भन्ने प्रमाण पनि प्रस्तुत गरेको कम्पनीले बताएको छ।

सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
