ब्राजिलियन ‘लिजेन्ड’ रोबर्टाे कार्लाेस नेपाल आउने
काठमाडौँ । ब्राजिलियन लिजेन्ड रोबर्टाे कार्लाेस नेपाल आउने भएका छन् । शनिबार कार्लाेसले एक भिडियोमार्फत जारी नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि आफू नेपाल आउन लागेको जनाएका हुन् ।
“नेपालमा खेलकुदमा भएको विकास प्रशंसनीय छ । यो लिग नेपालमा फुटबलको भविष्यका लागि एउटा ठूलो कदम हो । युवा खेलाडीहरूलाई म मिहिनेत जारी राख्न र उल्लासका साथ खेल्न आग्रह गर्छु, किनकि तपाईंहरू भविष्यका कर्णाधार हुनुहुन्छ,” भिडियोमा कार्लाेसले भनेका छन्।
उनले अगाडि भनेका छन्, “सबै टोली र समर्थकलाई शुभकामना । यो एउटा अविस्मरणीय सिजन हुनसक्छ । म नेपाल आएर खेलप्रतिको उत्साह हेर्न आउन उत्साहित छु । चाँडै भेटौँला ।”
कार्लाेसले सन् २००२ मा ब्राजिललाई फिफा विश्वकपको उपाधि दिलाएका थिए । उनले तीनपटक विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गरिसकेका छन् । उनले रियाल मड्रिडबाट चारपटक ‘ला लिगा’को उपाधि जितेका छन् । तीनपटक च्याम्पियन्स लिग जितेका छन् ।
उनको भ्रमण तीन महिनामा नेपालमा भएको दोस्रो ‘लेजेन्डरी भिजिट’ हुनेछ । यसअघि, गत ३ माघ मा इटालियन लिजेन्ड जियान लुइजी बुफोन केपी ओली कपको फाइनलका लागि नेपालमा आएका थिए ।
सम्बन्धित समाचार
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

