मोहनलालको एम्पुरान बन्यो सबैभन्दा बढी कमाउने मलायालम फिल्म
मुम्बई । मलयालम सिनेमाका सुपरस्टार मोहनलाल हालै रिलिज भएको आफ्नो फिल्म एल २ इम्पुरान बाट फ्यानहरूले मनोरञ्जन लिइरहेका छन्। चलचित्र २७ मार्चमा रिलिज भएको थियो र त्यसयता चलचित्रले हरेक दिन कुनै न कुनै कीर्तिमान बनाइरहेको छ ।
चलचित्रले १२ दिन बितिसक्दा पनि हलमा आफ्नो पकड कायम राखेको छ । अभिनेता पृथ्वीराज सुकुमारनको निर्देशनमा बनेको यो फिल्मले अब अर्को ठूलो इतिहास रचेको छ ।
र, यसले रिलिजको १२ औं दिन कमाईमा नयाँ कीर्तिमान बनाएको छ । मोहनलाल र पृथ्वीराज अभिनित इम्पुरान मलयालम सिनेमाको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। यसले आइतबारसम्म विश्वव्यापी रूपमा २५० करोडको आँकडा पार गरिसकेको छ ।
फिल्मलाई निर्देशन गर्नुका साथै पृथ्वीराज सुकुमारनले पनि अभिनयसमेत गरेका छन् । मोहनलाल मुख्य भूमिकामा छन् । फिल्मले विश्वभर करिब ६५ करोडको ओपनिङ लिएको थियो र सबैभन्दा ठूलो ओपनिङ गर्ने मलयालम फिल्म बनेको थियो ।
अब, १२ दिन पछि एल २ इम्पुरान मलयालम सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने फिल्म साबित भइसकेको छ । मेकर्स र मोहनलालले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर एल २ इम्पुरानले विश्वभरी २५० करोड कमाउने पहिलो मलयालम फिल्म बनेको जानकारी दिएका छन्।
यसअघि सन् २०२४ मा रिलिज भएको फिल्म मञ्जुम्मेल ब्वाईजको नाममा सर्वाधिक कमाईको कीर्तिमान थियो। जसले विश्वभर बक्स अफिसमा २४०.५ करोड रुपैयाँ कलेक्सन गरेको थियो ।
विशेष कुरा के छ भने मोहनलालको फिल्मले भारतभन्दा विदेशमा बढी कलेक्सन गरेको छ । फिल्मले भारतबाट अहिलेसम्म १०० करोड मात्र कमाएको छ विदेशबाट १५० करोड नाघेको छ ।
एल २ इम्पुरानले रामनवमीको अवसरमा आइतबार सिनेमाघरहरूमा ११ औं दिन थियो। फिल्मले १० दिनमा भारतमा ९४.५ करोड कमाएको थियो । फिल्मले आइतबार ३.९७ करोड कमाएको थियो । भारतमा यसको कुल कलेक्सन सोमबारसम्म भारतीय बक्स अफिसमा १०० करोड नाघिसकेको छ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

