बलुचिस्तानमा फेरि भेटियो सुन र तामाको विशाल भण्डार, मुल्य नै १ ट्रिलियन अनुमान
बलुचिस्तान । पाकिस्तानको नेशनल रिसोर्सेस लिमिटेडले बलुचिस्तानको चगाई जिल्लामा सुन र तामाको ठूलो भण्डार फेला परेको पुष्टि गरेको छ। पछिल्ला १८ महिनामा कम्पनीले ५०० वर्ग किलोमिटर क्षेत्रको अन्वेषण गरेको थियो, जसमा १६ सम्भावित खानी स्थल पहिचान गरिएको जनाएको हो ।
यो क्षेत्र रेकोडिक, सनकजस्ता खानीका लागि पनि प्रसिद्ध छ । तर, अहिले नयाँ विष्कारले विश्वव्यापी लगानीकर्तालाई आकर्षित गरेको छ । यसले यस क्षेत्रको आर्थिक अवस्था बलियो बनाउन मद्दत गर्ने जनाइएको छ ।
रेको डिक माइन संसारको सबैभन्दा ठूलो परियोजनाहरू मध्ये एक हो। यो परियोजना बलुचिस्तानको चगाईमा सुरु भएको हो। नयाँ खोज अनुसार कम्पनीले थप ५ अर्ब ९ करोड टन फेला पारेको छ । यसको अनुमानित मूल्य ५०० बिलियन देखि १ ट्रिलियन अनुमान गरिएको छ। यसमा यति धेरै सुन र तामा भरिएको छ कि यसलाई ५० वर्षसम्म निकाल्न सकिन्छ।
नेशनल रिसोर्सेस लिमिटेड (एनआरएल) को प्रतिवेदन अनुसार खानीबाट वर्षेनी १५ हजार ८ सय टन तामा, १ दशमलव ४७ टन सुन र २ दशमलव ७६ टन चाँदी निकाल्न सकिन्छ । यसको मूल्य ५० देखि १०० बिलियन सम्म हुन सक्छ।
बलुचिस्तान खनिजमा धनी भएतापनि यो प्रान्त अझै पनि पाकिस्तानको गरिब र पृथक भागहरूमा गनिन्छ। यसका धेरै कारणहरू छन् । अन्य प्रदेशले खनिज सम्पदाको फाइदा उठाउने गरेको स्थानीयको आरोप छ । बलुच राष्ट्रवाद र पृथकतावादी आन्दोलनहरूले मानिसहरूलाई विकास खनिजहरू प्रयोग गर्न निषेध गरेका छन भने स्वास्थ्य, शिक्षा, खानेपानीजस्ता सुविधा नगण्य रहेका छन् ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
