कुवेतले जित्यो चारदेशीय टी–२० आई सिरिजको उपाधि : नेपाल ३ रनकाे अभावले उपाधिबिहिन
काठमाडौं । चार देशीय टी २० सिरिजको उपाधी जित्न नेपाल चुकेको छ । जम्मा तीन रनको अभावले नेपाल उपाधीबिहिन हुन पुगेको हो ।हङकङमा भएकाे चारदेशीय टी–२० आई सिरिजको उपाधि कुवेतले जितेको छ ।
कबुेतले दिएको १७५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले सुरूवाती खराब ब्याटिङ गर्दै उपाधीबिहिन हुन पुगेको हो ।
हङकङस्थित मिसन क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले १७४ रन बनाएको थियो।
१७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालको सुरुवाती ब्याटिङ कोल्याप्स हुँदा नेपालले १९.३ ओभरमा १७१ रन बनाउँदै अलआउट हुन बिवश भएको हो ।
सुरूवाती खराबी ब्याटिङ गरेको नेपालले नवौं विकेटका लागि नन्दन यादव र वसिर अहमदले ७२ रनको साझेदारी गर्दै नेपालको खेललाई लयमा फर्काएका थिए। अन्तिम ओभरमा ११ रन चाहिएको थियो। अन्तिम ओभर र अन्तिम विकेटको रुपमा ललित राजवंशी र बसिर अहमद क्रिजमा रहेका थिए।
पहिलो बलमा नो बल हुँदै छक्का गएपछि ६ बलमा ४ रन चाहिएको थियो। त्यसपछि लगातार २ बल डट खेलेर बसिर १९.३ मा ठूलो सट खेल्ने धुनमा बाउन्ड्री लाइनमा क्लिन्टो एन्टोको हातमा क्याच आउट हुन बिवश भए ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

