कोहलीले बने १०० अर्धशतक पूरा गर्ने एशियाकै पहिलो ब्याट्सम्यान
काठमाडौं । राजस्थान रोयल्सविरुद्धको खेलमा विराट कोहलीले इतिहास रचेका छन् । उनले यो खेलमा बनाएको अर्धशतकले इतिहास रचेको हो ।
कोहलीले टी-२० मा आफ्नो १०० औं अर्धशतक बनाएका थिए, यो यस्तो उपलब्धि हासिल गर्ने उनी एसियाकै पहिलो ब्याट्सम्यानसमेत बनेका छन् ।
उनी यस्तो उपलब्धि हासिल गर्ने एशियाकै पहिलो ब्याट्सम्यान बनेका छन् । कोहलीभन्दा पहिले अहिलेसम्म कुनै पनि एसियाली खेलाडीले यस्तो उपलब्धि हासिल गर्न सकेका थिएनन् । उनले आफ्नो टी–२० करियरको सयौं अर्धशतक बनाएर इतिहास रचे पछि उनका फ्यान खुसी भएका छन् ।
कोहलीले आईपीएल २०२५ को आफ्नो दोस्रो अर्धशतक राजस्थानविरुद्ध १४.३ ओभरमा बनाएका थिए। यसअघि केकेआरविरुद्धको खेलमा किंग कोहलीले अविजित अर्धशतक बनाएका थिए । यसपछि राजस्थान रोयल्सविरुद्ध कोहलीको ब्याट गर्ज्यो, यस खेलमा उनले ४५ बलमा ६२ रनको उत्कृष्ट अविजित इनिङ खेलेका थिए ।
यस क्रममा कोहलीले ४ चौकासहित २ छक्का प्रहार गरे । कोहलीले १३७.७८ को स्ट्राइक रेटमा ब्याटिङ गरेका हुन् ।
टी-२० मा सबैभन्दा बढी अर्धशतक बनाउने खेलाडीमध्ये डेभिड वार्नरको नाम पहिलो नम्बरमा छन् । उनले हालसम्म १०८ अर्धशतक बनाएका छन् । यसका साथै अब विराट कोहलीले १०० अर्धशतक बनाएर दोस्रो स्थानमा आफ्नो झण्डा फहराएका छन् । तेस्रो स्थानमा ९० अर्धशतक बनाएका बाबर आजम छन् । चौथो नाम जोस बटलरको हो। उनको नाममा ८६ अर्धशतकको रेकर्ड छ ।
सम्बन्धित समाचार
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

