दुध शुद्ध छ कि छैन, यी तीन घरेलु तरिकावाट थाहा पाउनुहोस्
काठमाडौं । दूध हरेक घरपरिवारको अत्यावश्यक सामाग्री हो । बिहानको चिया होस्, बालबालिकाको खाजा होस् वा कुनै मिठाईको तयारी नै गर्नु पर्ने अवस्था नै किन नहोस्, दूध बिना केही पनि चल्दैन। तर, के तपाईंले कहिल्यै परिक्षण गर्नु भएको छ कि तपाईंले दैनिक पिउने दूध शुद्ध छ कि छैन ?
मिसावटको यो युगमा घरमा दैनिक आउने दुध कति स्वस्थ्यकर छ भन्ने जान्न जरुरी भइसकेको छ । यदि तपाइँ पत्ता लगाउन चाहनुहुन्छ भने तपाइँले केही सरल तरिकावाट नै थाहा पाउन सक्नु हुन्छ । उसो भए, आउनुहोस् र थाहा पाउनुहोस् कि मिसावट दूध कसरी चिन्ने ?
आजकल दूधमा पानी, स्टार्च, डिटर्जेन्ट, युरिया, सिन्थेटिक दूध जस्ता वस्तुमा मिसावट हुने गरेको छ । यी मिसावटहरूले दूधको पौष्टिकतालाई नष्ट गर्ने मात्र होइन, लामो समयसम्म सेवन गर्दा स्वास्थ्यमा पनि गम्भीर हानि पु¥याउने गर्दछ । यस प्रकारको दूध सेवन गर्दा विशेषगरी बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाका लागि घातक हुन सक्छ।
चिल्लो सतहद्वारा पहिचानः
कुनै रसायन वा प्रयोगशाला परीक्षण बिना नै दूध शुद्ध छ वा छैन थाहा पाउन सकिन्छ। यसका लागि तपाईलाई चाहिने भनेको चिल्लो सतह हो, जस्तै स्टिल प्लेट वा सिसाको टुक्रा। यस पछि सतहमा दूधको केही थोपा छोड्नु होस्। थोपाहरू कसरी बग्छन् ध्यान दिनुहोस्। यदि दूध बिस्तारै बग्छ र बाक्लो सेतो धार छोड्छ भने, दूध शुद्ध हुन्छ। यदि दूध छिट्टै बग्छ र रेखा बन्दैन भने यो पानी वा अन्य चीजहरूमा मिसावट भएको ठम्याइ गर्नुहोस्।
स्टार्च मिसावटमा आयोडिन परीक्षण
दूधमा स्टार्च मिसावटको लागि आयोडिन परीक्षण गर्न सक्नुहुन्छ। यसका लागि दूधमा आयोडिनको केही थोपा मिसाउनु होस्। यदि दूधको रंग नीलो भयो भने यसमा स्टार्च थपिएको छ भन्ने बुझ्न सकिनेछ ।
सिंथेटिक दूधको लागि फोम परीक्षण
यो परीक्षण गर्न बोतलमा दूध राख्नुहोस् र त्यसपछि यसलाई मज्जाले हल्लाउनु होस्। यदि आवश्यक भन्दा बढी फोम बन्यो भने बुझ्नु होस कि यो सिंथेटिक दूध हुन सक्छ ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
