आइपिएलमा मुम्बई इन्डियन्सको तेस्रो जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ । सनराइजर्स हैदराबादलाई ४ विकेटले हराउँदै मुम्बइ इन्डियन्सले तेस्रो जीत निकालेको हो ।
मुम्बईस्थित वान्खडे रंगशालामा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा मुम्बईले १८.१ ओभरमा ६ विकेट गुमाउँदै जित निकालेको हो ।
मुम्बईको जितमा विल ज्याक्सले ३६, रायन रिकेल्टनले ३१, कप्तान रोहित शर्मा र सुर्यकुमार यादवले समान २६ रनको योगदान गरे भने सुर्यकुमार र ज्याक्सले तेस्रो विकेटको लागि सर्वाधिक ५२ रनको साझेदारी गरेका थिए ।
हैदरावादको लागि प्याट कमिन्सले सर्वाधिक तीन विकेट हात पारेका थिए ।
पहिलो इनिङ्समा हैदराबादका लागि अभिषेक शर्माले ४०, हेनरिक क्लासनले ३७, ट्रभिस हेडले २८, नितिशकुमार रेड्डीले १९ र अनिकेत वर्माले अविजित १८ रन बनाए ।
पहिलो विकेटका लागि अभिषेक र ट्रभिसले ५९ रनको साझेदारी गरेका थिए । मुम्बईका लागि विल ज्याक्सले दुई तथा ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र कप्तान हार्दिक पाण्डेयाले समान एक एक विकेट लिए ।
यो तेस्रो जितपछि मुम्बईको प्लेअफ सम्भावना कायमै रहेको छ । ७ खेलमा ६ अंक जोडेको मुम्बई सातौँ स्थानमा छ । ४ अंकको हैदरावादको पनि सम्भावना कायम छ । तर, यो हारले भने अन्य टोलीको प्रदर्शनमा भर पर्नु पर्ने भएको छ । शीर्ष स्थानको दिल्ली क्यापिटल्सको ६ खेलबाट १० अंक रहेको छ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

