सिरहामा चट्याङ लागेर कृषकको मृत्यु
मुकेश कुमार यादव
२०८२, बैशाख, ५
सिरहा । सिरहामा चट्याङ लागेर एकजना कृषकको मृत्यु भएको छ। जिल्लाको कल्याणपुर नगरपालिका ६, भोक्राहाका ४५ वर्षीया बेचन रोहितालाई बिहीबार बेलुका चट्याङ लागेर मृत्यु भएको हो।
गहुँको खेतमा काम गरिरहेका बेला चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। खेतमा काम गर्ने क्रममा अचानक परेको चट्याङले लागेर घटनास्थलमै उनको ज्यान गएको बताइएको छ।
मृतक कल्याणपुर नगरपालिका–८ वडा कार्यालयमा कार्यरत थिए। घटनापछि स्थानीय प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेको थियो। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

