यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु
काठमाडौं । यमनको रस इसा तेल बन्दरगाहमा संयुक्त राज्य अमेरिकाले गरेको हवाई हमलामा कम्तिमा ३८ जनाको ज्यान गएको छ ।
अहिलेसम्म अमेरिकी सेनाले यमनमा गरेको सबैभन्दा घातक हमलाको रूपमा लिइएको हुथी सम्बन्धित मिडियाले उल्लेख गरेका छन् । र, यमनको अल मसिराह टिभीले देशको होदेइदाह स्वास्थ्य कार्यालयलाई उद्धृत गर्दै बिहीबारको आक्रमणमा १०२ जना घाइते भएकोसमेत जनाएको छ।
युएस सेन्ट्रल कमाण्ड (सेन्टकम) ले हवाइ हमलाहरू हुथीहरूको कोष र स्रोतहरू कटौती गर्ने उद्देश्यका साथ सो हमला गरिएको बताइएको छ । ‘यी हमलाहरूको उद्देश्य हुथीहरूको शक्तिको आर्थिक स्रोतलाई कमजोर पार्नु थियो, जसले शोषण जारी राख्छन् र आफ्ना देशवासीहरूलाई ठूलो पीडा दिन्छन्’ सेन्टकमले सोशल मिडियामा पोस्टमार्फत भनेको छ।
तर, पेन्टागनले बढ्दो हुथी समुहको मृत्युको संख्यामा टिप्पणीको लागि अनुरोधका बारेमा भने तुरुन्तै प्रतिक्रिया नदिएको अलजजिराले जनाएको छ।
उसका अनुसार अमेरिकी हवाई हमलाहरूले विभिन्न क्षेत्रहरूमा आक्रमण गरेका छन, त्यसमा पनि सबैभन्दा बढी बन्दरगाह आसपास र सुविधा वरपर केन्द्रित रहेको देखिन्छ ।
‘मानिसहरू काम गरिरहेका बेला पहिलो चारवटा हवाई हमला गरिएको थियो, जुन हवाई आक्रमणले कर्मचारीहरूलाई आश्चर्यचकित तुल्यायो,’ एक प्रत्यक्षदर्शीले भने, ‘त्यस समयमा घटनास्थलमा रहेका ट्रक चालकहरू समेत मारिएका छन्।’
अमेरिकी आक्रमणले यमनमा सर्वसाधारण नागरिकको अनाहकमा मृत्यु भएको छ । यमनको करिब ७० प्रतिशत आयात र ८० प्रतिशत मानवीय सहायता रस इसा, होदेइदाह र अस सलिफ बन्दरगाहहरूबाट आउने जाने गर्दछन् ।
अल मसिराह टिभीले शुक्रबार बिहान सामाजिक सञ्जालमा साझा गरेको भिडियो फुटेजमा रास इसा बन्दरगाहमा आकाशमा ठूलो विस्फोट भएको देखाइएको छ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
