रोयल च्यालेन्जर्समाथि पञ्जाव ५ विकेटले विजयी
काठमाडौँ । पञ्जाव किंग्सले रोयल च्यालेन्जर्स बैन्ग्लुरुलाई पराजित गरेको छ । जारी आइपिएल अन्तर्गत गएराती सम्पन्न खेलमा पञ्जाव किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ५ विकेटले पराजित गरेको हो ।
बर्षाले प्रभावित यो खेल १४-१४ ओभर खेलिएको थियो । बैंगलुरुले दिएको ९६ रनको लक्ष्य पछाएको पञ्जावले १२.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पञ्जावको जितमा नेहाल वढेराले अविजित ३३ रन बनाए भने प्रियंश आर्याले १६ र प्रभसिमरन सिंहले १३ र जोस इंगलिसले १४ रन बनाएका थिए । त्यस्तै बैंगलुरुका बलर जोस हजेलवुडले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलुरुले ४ ओभरमा ९ विकेट गुमाउदै ९५ रन बनाएको थियो । बैंगलुरुका लागि टिम डेभिडले अविजित ५० रन बनाए भने कप्तान रजत पाटीदारले २३ रन बनाएका थिए । त्यसैगरी पञ्जावका बलर अर्शदीप सिंह, मार्को जानसेन, युज्वेन्द्र चहल र हर्प्रित ब्रारले २-२ विकेट लिएका थिए ।
यो जितपछि पञ्जावको ७ खेलमा ५ जित र २ बाट १० अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै बैंगलुरुको भने यो तेस्रो हार हो । ७ खेलमा ४ जित र ३ हार बेहोरेको बैंगलुरु ८ अंकसहित चौथो स्थानमा छ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

