रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ, दोस्रो भागको सुटिङ सुरू हुदैँ
मुम्बई । बलिउडमा निर्माण हुन लागेको पौराणिक चलचित्र ‘रामायण’ बहुप्रतिक्षित चलचित्र मध्ये एक हो । नितेश तिवारीको निर्देशनमा बनिरहेको यो फिल्म दुई भागमा रिलिज हुँदैछ । निर्माता र निर्देशकले भगवान राम र सीताको कथालाई ठूलो स्तरमा देखाउन सक्दो प्रयास गरिरहेका छन्। हालै फिल्मको बारेमा एउटा ठूलो अपडेट आएको छ ।
चिल्लर पार्टी, दंगल, छिछोरे जस्ता चलचित्र बनाएका नितेश तिवारी अहिले पौराणिक चलचित्र रामायणमा केन्द्रित भएका छन् । भगवान रामको भूमिकामा रणवीर कपुर र आमा सीताको भूमिकामा साई पल्लवी छन । जो सन् २०२४ देखि नै फिल्मको सुटिङमा व्यस्त रहेका छन् । अहिले पहिलो भागको छायांकन लगभग सकिएको छ भने अब दोस्रो भागको पनि तयारी सुरु भएको छ ।
मिड–डेका अनुसार रणवीर कपुर, साई पल्लवी र अन्य कलाकारहरु यसै वर्षको मे महिनामा रामायण पार्टः २ को छायांकन सुरु गर्दैछन् । यो बिचमा भने अहिले रणवीर आफ्नो सञ्जय लिला भन्सालीको आगामी फिल्म ‘लभ एन्ड वार’ को सुटिङमा व्यस्त रहेका छन् । जसमा उनको चरित्र बिल्कुलै फरक छ ।
तर, यसपछि उनले रामायण भागः२ को तयारी पनि गर्नुपर्ने पनि छ, जसको लागि उनले छिट्टै लुक टेस्ट गर्न लागेका छन् कि उनी आफ्नो चरित्रमा फिट छन् कि छैनन् भनेर हेर्नु पर्ने हुन्छ ।
रामायणको पहिलो भागमा भगवान राम र माता सीताको प्रारम्भिक जीवनको बारेमा देखाइने छ भने दोस्रो भागमा सीताको वनवास र अपहरणको वरिपरि घुम्ने जनाइएको छ । सीताको भूमिका निभाएकी साई पल्लवी यतिबेला आफ्नो सबैभन्दा ठूलो दृश्यको तयारीमा छिन् । युनिटले लंकाको हरियाली बगैंचा अशोक वाटिका, जहाँ सीतालाई कैद गरिएको थियो, मा महत्वपूर्ण दृश्यको तयारी थालेको छ । यो अवस्थाका लागि दुईवटा गीत पनि तयार भइसकेको छ ।
रामायणको सेट मुम्बईमा मात्र बनाइएको छ । मनसुन अगावै दृश्य पूरा गर्ने प्रयास भइरहेको छ । निर्देशकले अक्टोबर २ सम्ममा यो पार्ट पूरा गर्ने योजना बनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
