पोप फ्रान्सिसको ८८ बर्षको उमेरमा निधन
काठमाडौं । पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ । भ्याटिकनको कासा सान्ता मार्टास्थित निवासमा उनको मृत्यु भएको भ्याटिकन समाचार सेवाले जनाएको छ।
‘उनको सम्पूर्ण जीवन प्रभु र उहाँको चर्चको सेवामा समर्पित थियो,’ कार्डिनल फारेलले भने ।
विश्वका नेताहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले उनलाई ‘नम्रताको मानिस’ भनेका छन्र ।
डच प्रधानमन्त्री डिक फले उनलाई ‘क्याथोलिक र गैर–क्याथोलिकहरूका लागि समान रूपमा रोल मोडेल’ भनेर वर्णन गरेका छन्।
हजारौं उपासकहरूलाई‘ ह्याप्पी ईस्टर’ को शुभकामना दिन सेन्ट पिटर स्क्वायरमा देखा परेको एक दिन पछि उनको मृत्यु भएको हो ।
फ्रान्सिसको पोपसीले क्याथोलिक चर्चमा सुधारहरू शुरू गरेका थिए, उनी परम्परावादीहरूका बीचमा निकै नै लोकप्रिय रहेका थिए ।
उनी अमेरिका वा दक्षिणी गोलार्धबाट पहिलो पोप हुन । सिरियामा जन्मेका ग्रेगरी तेस्रोको ७४१ मा मृत्यु भएदेखि रोमको गैर युरोपियन पोप हुन सकेका थिएनन् ।
उनी सेन्ट पिटरको सिंहासनमा निर्वाचित हुने पहिलो जेसुइट पनि हुन । जेसुइटहरूलाई ऐतिहासिक रूपमा रोमद्वारा शंकाको नजरले हेरिने गरिन्छ ।
अर्जेन्टिनाका कार्डिनल बर्गोग्लियो रूपमा उनको प्रख्याती थियो, जब आफ्नो सत्तरी बर्षको उमेरमा उनी सन २०१३ मा पोप बनेका थिए।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

