अमेरिकाको प्रतिष्ठित ACP Osler Cup पुरस्कार जित्न सफल भइन् पहिलो नेपाली चिकित्सक डा. बोहरा
काठमाडौं । संयुक्त राज्य अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा. रिया बोहरा सन् २०२५ को American College of Physicians (ACP) Doctor’s Dilemma प्रतियोगितामा विजेता भएको तीन सदस्यीय टोलीमा महत्वपूर्णभूमिका निभाउँदै Osler Cup Award 2025 जित्ने पहिलो नेपाली बनेकी छिन्।

न्यू अर्लेन्स, लुइजियानामा आयोजित उक्त प्रतियोगितामा भारत, जापान, क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकालगायत देशहरूबाट आएका ६० उत्कृष्ट Internal Medicine (IM) रेसिडेन्ट टोलीहरूले भाग लिएका थिए। तीन दिनसम्म चलेको कार्यक्रममा प्रतिस्पर्धीहरूले उच्चस्तरीय क्लिनिकल निर्णय क्षमता र चिकित्सकीय ज्ञानमा आधारित चुनौतीहरूमा सहभागिता जनाएका थिए।

डा. बोहराले American College of Massachusetts chapter र Saint Vincent Hospital बाट प्रतिनिधित्व गरेकी थिइन्। उनी सहभागी टोलीको उत्कृष्ट प्रदर्शनले संस्थालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाएको छ र विश्वभरका प्रमुख क्लिनिकल शिक्षा संस्थाहरूमध्ये एकका रूपमा चिनाएको छ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
