सेयर बजारमा १४.५८ अंकको गिरावट
जानकारी केन्द्र
२०८२, बैशाख, १५
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । आईतबार सामान्य अंकले उकालो लागेको नेप्से दोस्रो कारोबार दिन भने १४.५८ अंकले घट्दै २६ सय ४७ को विन्दुमा झरेर रोकिएको हो ।
आज कुल ३ सय २७ कम्पनीका २ करोड ३६ लाख ८९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ९१ करोड २८ लाख रुपैयाँ पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ६७ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ७८ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । आज वित्त, होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापारबाहेकका सबै समुहको उपसुचकहरु ओरालो लागेका छन् ।
आज सेयरमूल्य बढेका कम्पनीहरुमध्ये क्रेष्ट माईक्रोलाईफ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
