चीनले एक पाकिस्तानी बैज्ञानिकलाई पनि सँगै अन्तरिक्षमा लैजाने
बेइजिङ । चीनले पाकिस्तानका दुई मध्ये एक बैज्ञानकिलाई साथमा अन्तरिक्षमा लैजाने भएको छ । चीनको मानव अन्तरिक्ष एजेन्सीले बुधबार घोषणा गरेको छ कि पाकिस्तानका दुई अन्तरिक्ष यात्रीलाई चीनको अन्तरिक्ष स्टेशनमा संयुक्त मिसनमा भाग लिनको लागि अन्तरिक्ष उडान प्रशिक्षणको लागि छनोट गरिएको छ।
चीनको मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) लाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी सिन्ह्वाले दुई पाकिस्तानीमध्ये एकजनाले पेलोड विशेषज्ञको रूपमा संयुक्त अन्तरिक्ष अभियानमा भाग लिने मौका पाउने बताएको छ। सीएमएसए प्रवक्ताले उत्तर– पश्चिम चीनको जिउक्वानमा सञ्चारकर्मीसँग कुरा गर्दै यो जानकारी दिएका हुन ।
गत फेब्रुअरीमा सीएमएसएले घोषणा गरेको थियो कि चीनले आफ्नो मित्र राष्ट्र पाकिस्तानबाट पहिलो विदेशी पाहुनाको रूपमा आफ्नो अन्तरिक्ष स्टेशनमा एक अन्तरिक्ष यात्री पठाउने योजना बनाएको छ । जुन हाल पृथ्वीबाट ४०० किलोमिटर माथिको कक्षमा घुमिरहेको छ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
